लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान : आदर्शनगरमा जनचेतनामूलक प्रशिक्षण सम्पन्न

28

 

बिरगंज २१ मंसिर

ग्रिनसिटि सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरको आयोजनामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत एकदिने जनचेतनामूलक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमकाे प्रमुख अतिथि वडा प्रहरी कार्यालय विर्ताका प्रहरी प्रमुख प्रहरी निरीक्षक विक्रम सुवेदी रहेका थिए।

कार्यक्रमको अध्यक्षता सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानले गरेका थिए। त्यस्तै हरी खेतान क्याम्पसका निमित्त कार्यालय प्रमुख रविन्द्र कुमार यादव, शिक्षिका रितिका जैशवाल तथा अन्य शिक्षकहरू अतिथिको रूपमा उपस्थित रहे।

प्रशिक्षण एवं जनचेतनामूलक सत्रमा मुख्य प्रशिक्षक प्रहरी निरीक्षक विक्रम सुवेदीले लैङ्गिक हिंसा, महिला तथा बालिकाको सुरक्षा, कानुनी व्यवस्था तथा अपराध रोकथामका उपायबारे विस्तृत रूपमा प्रशिक्षण दिए।

सहकार्यका रूपमा वडा प्रहरी कार्यालय,विर्ता सक्रिय रहेको थियो।त्यसैगरी कार्यक्रमका विशिष्ट अतिथि प्रहरी निरीक्षक युवराज कटवाल प्रमुख, जिल्ला ट्राफिक प्रहरी कार्यालय, पर्साले ट्राफिक सुरक्षा तथा विद्यार्थीलाई अनिवार्य पालना गर्नुपर्ने नियमबारे जनचेतनामूलक प्रशिक्षण दिए।जिल्ला प्रहरी कार्यालयका अर्बिन्द केशरीले बालविवाह, त्यसका कानुनी असर तथा समाजमा पर्ने प्रभावबारे जानकारी गराएका थिए।

उक्त कार्यक्रममा संचारकर्मी अभिलाष गुप्ता, सामुदायिक प्रहरीका प्रहरी हवल्दार कुमार बिक,प्रहरी जवान सतिराम परियार लगाएतकाहरुको पनि उपस्थिति रहेको थियोे।

विद्यार्थीको उत्साहजनक सहभागिता रहेको थियोे।हरी खेतान बहुमुखी क्याम्पस, बिरगंजका कक्षा ११ र १२ का करिब एक सयभन्दा बढी विद्यार्थीले कार्यक्रममा सक्रिय सहभागिता जनाउँदै प्रशिक्षण लिएका थिए।

कार्यक्रम सञ्चालन सन्चारकर्मी सुश्मिता यादवले गरेकि थिईन भने लैङ्गिक हिंसा रोकथाम, सुरक्षित जीवनशैली, सचेतना र सामाजिक उत्तरदायित्वलाई केन्द्रबिन्दु बनाइएको उक्त कार्यक्रम विद्यार्थी तथा सरोकारवालाका लागि अत्यन्त उपयोगी भएको आयोजक ग्रिनसिटि सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जय प्रकाश खेतानले जान्कारी दिएका थिए।उक्त कार्यक्रममा विद्यार्थीहरुको उत्साहजनक सहभागीता रहेको थियोे।

Leave A Reply

Your email address will not be published.