विश्वकप लिग टू अन्तर्गत नेपाल र स्कटल्याण्ड खेल्दै
काठमाण्डौ , विश्वकप लिग टू अन्तर्गत नेपाल, नेदरल्यान्ड्स र स्कटल्याण्डसँगको तीन देशीय शृङ्खला आजदेखि शुरू हुँदैछ । नेपालले पहिलो खेलमा आज स्कटल्याण्डसँग खेल्दैछ ।
नेपाल र स्कटल्याण्डको खेल नेपाली समय अनुसार बेलुका पौने ४ बजे शुरू हुनेछ । नेपाली टोली एक हप्ता अघिदेखि स्कटल्याण्डमा छ । नेपाली राष्ट्रिय टोलीले ७ महिनापछि एकदिवसीय खेल्न लागेको हो ।
लिग टू को अङ्क तालिकामा नेपाल १२ खेलमा २ जीतका साथ ६ अङ्कसहित तालिकाको पुछारमा छ । स्कटल्याण्ड भने १६ खेलमा २० अङ्क जोड्दै चौथो स्थानमा छ । नेदरल्यान्ड्स २० खेलबाट २६ अङ्क जोड्दै दोस्रो स्थानमा रहेको छ ।
नेपालले पर्सि बुधवार नेदरल्यान्डसँग खेल्नेछ । यस्तै नेपालले आउँदो आइतवार फेरि स्कटल्याण्डसँग र अर्को हप्ता मङ्गलवार नेदरल्यान्डसँग खेल्ने तालिका छ ।
यसअघि नेपालले बेलायत भ्रमणको क्रममा ५ अभ्यास खेल खेलेकामा सबैमा जितेको थियो । तर, स्कटल्याण्ड ए सँगको दुई अभ्यास खेलमध्ये एकमा हार र अर्को वर्षाले रोकिँदा नेपालको यात्रामा चुनौती थपिएको छ ।