वीरगञ्जमा सामुदायिक साझेदारीमा वृहत वृक्षारोपण, ७० भन्दा बढी बिरुवा रोपिए
वीरगञ्ज, साउन १५ ।
राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति भरतपुर चितवन, वीरगञ्ज महानगरपालिका र ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर वीरगञ्ज पर्साको संयुक्त आयोजना तथा सामुदायिक सहभागितामा वृहत वृक्षारोपण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
वीरगञ्ज–१६ स्थित वैष्णवी मन्दिर चौकदेखि नयाँ बसपार्कसम्मको सडक किनारमा आयोजित कार्यक्रममा करिब ७० वटा विभिन्न प्रजातिका बिरुवा रोपिएका छन्। बिरुवाहरूको सुरक्षा सुनिश्चित गर्न लोहाको तारजालीसमेत जडान गरिएको आयोजकले जनाएको छ।
कार्यक्रम ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानको अध्यक्षतामा सम्पन्न भएको थियो। नगर प्रमुख राजेशमान सिंह प्रमुख अतिथि रहेका कार्यक्रममा एसपी गौतम मिश्र, एसपी पुरनचन्द्र भट्ट, डा. किरण पौडेल, डीएसपी पुरूषोत्तम भण्डारी, ट्राफिक प्रमुख लोकराज भट्ट, सरसफाई इञ्चार्ज सर्फुदिन अन्सारी, भारतीय महावाणिज्यदूतावास वीरगञ्ज प्रमुख डी.एस. मिना लगायत विभिन्न निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो।
सञ्चारकर्मी अभिलाष गुप्ता, सुश्मिता यादव, संजय शर्मा, राकेश अग्रवाल, प्रहरी हवल्दार प्रेम राम, अजिता घिमीरे, अमरसिंह साउद लगायत स्थानीय बासिन्दाको समेत उल्लेखनीय सहभागिता रहेको थियो।
नगर प्रमुख सिंहले कार्यक्रममा बोल्दै भने, “हरियाली विस्तार अब विकल्प होइन, आवश्यकताको विषय हो। सामुदायिक सहभागिता र प्रहरी सेवा केन्द्रको सहकार्यले वातावरण संरक्षणको अभियानलाई बल पुर्याएको छ।”
कार्यक्रमले जनचेतना अभिवृद्धि गर्नुका साथै वीरगञ्जको सौन्दर्य तथा वातारणीय सन्तुलनमा टेवा पुर्याउने उद्देश्य राखिएको छ। आयोजकले आगामी दिनहरूमा अझ वृक्षारोपण र संरक्षण अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।