वीरगञ्जमा स्वास्थ्य संकट: गृहमन्त्रीले दिए विशेष निर्देशन

59

वीरगन्ज । वीरगन्जमा फैलिएको हैजाको प्रकोप नियन्त्रण गर्न गृहमन्त्री रमेश लेखकले सुरक्षा निकायलाई तयारी अवस्थामा रहन निर्देशन दिएका छन्।

आइतबार गृह मन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा उनले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई आवश्यक परे तत्काल परिचालन गर्न सक्ने गरी तयारीमा जुट्न निर्देशन दिएका हुन्।

गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेका अनुसार, ‘चिकित्सकसहितको मेडिकल टोली आवश्यक पर्दा परिचालन गर्ने गरी तयारी रहन मन्त्रीज्यूबाट निर्देशन भएको छ। सोहीअनुसार सुरक्षा निकाय पनि तयारीमा जुटिसकेका छन्।’

बैठकमा गृह सचिव गोकर्णमणि दुवाडी लगायत सबै सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरू सहभागी थिए।

बैठकमा मुलुकभरको शान्ति सुरक्षाको अवस्थाबारे पनि गम्भीर समीक्षा भएको प्रवक्ता काफ्लेले जानकारी दिए। उनले विभिन्न माग राखेर भइरहेका धर्ना, जुलुस, आन्दोलन र अवाञ्छित गतिविधिहरूलाई मध्यनजर गर्दै प्रभावकारी सुरक्षा व्यवस्था मिलाउने विषयमा छलफल भएको बताए।

गृहमन्त्रीको यस निर्देशनले हैजाको महामारी नियन्त्रणका लागि सरकार गम्भीर रहेको र आवश्यक परेको खण्डमा सुरक्षाकर्मीहरू पनि परिचालन गर्न तयार रहेको स्पष्ट हुन्छ।

Leave A Reply

Your email address will not be published.