६ असार वीरगन्ज । वीरगन्ज कपडा बैंकले वीरगन्जको घण्टाघरमा भोलि शुक्रबार दिनको ५ बजे निशुल्क कपडा वितरण कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको छ । प्रत्येक दिन आइतबार देखि शुक्रवार सम्म बिहान १०.३० देखि ५ बजे सम्म आफ्नो कार्यालय वीरगन्ज -८ बाट गरीब असहाय लाई निशुल्क कपड़ा उपलब्ध गराउदै आएको बैंकले असार ७ गते शुक्रवारको दिन ५ बजे घण्टाघरमा निशुल्क कपडा वितरण कार्यक्रमको आयोजना गरिने बिहीवार बसेको बैठकले निर्णय गरेको सचिव कन्हैया पटेलले बताउनु भयो ।
वीरगन्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंहको अध्यक्षतामा बसेको बैठकमा संस्थाका संरक्षक अधिवक्ता सुरेन्द्र प्रसाद कुर्मी ,वरिष्ठ सल्लाहकार अधिवक्ता प्रकाश उपाध्याय ,सल्लाहकार राजेश बरणवाल,सदस्यहरु हरेंद्र पटेल,निला कुमारी राम,संजय मंडल,अभिलाष गुप्ता, नवराज भट्टराई ,बैजनाथ राम र कर्मचारी शोभा देवीको सहभागिता रहेको थियो ।
सो बैठकमा संरक्षक अधिवक्ता कुर्मिले दिन दुखी असहाय को सेवा सहयोग गर्ने उद्देश्य बोकि ” जो संग धेरै कपडा छ हामीलाई दिएर जानुस र नहुने वा आवस्यकता भएकोले हामी संग निशुल्क लिएर जानुस ” को मुल मन्त्रलाई आत्मसात गरेर बिगत ५ बर्ष देखि प्रत्येक दिन कार्यालयबाट र प्रत्येक महिना घण्टाघर लगायत बिगत २ महिना देखि दुख्द रुपमा भएको आगलागी पिडितहरुको घर आगनमै पुगेर दाताहरुले उपलब्ध गराएको निशुल्क कपडा को साथै अन्य सामाग्रीहरु र नगद पनि राहत सहयोग उपलब्ध गर्दै आइरहेको छ ।
वीरगन्ज कपडा बैंकको नेक कार्यलाइ सहयोग गर्ने दाता , शुभेच्छुकजन सदा झै सम्पुर्णको साथ सहयोगको लागि हार्दिक आग्रह गर्नु भएको थियो । सो अवसरमा अध्यक्ष सिंह एवं सल्लाहकारद्वय उपाध्याय र बरनवालले हाम्रो काम दाताजन बाट पाएको कपडा लगायत सामाग्रीहरु आवश्यकतामा रहेका , आपतविपत्तिमा रहेका दिन दुखी असहायहरु सम्म पुर्याइदिने भएकोले हाम्रो श्रोतको माध्यम दाताहरु लाई उच्च सम्मान प्रकट गरेका थिए ।