सखुवा प्रसौनीमा फुटबल खेलाडी छनौट : खेलाडीका सबै खर्च पालिकाकै जिम्मा — मेयर यादव

31

मंसिर ८ पर्सा आनन्द पटेल

। पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिकाले खेल क्षेत्रको विकास तथा प्रतिभा पहिचान गर्ने उद्देश्यले गाउँपालिका स्तरीय फुटबल खेलाडी छनौट कार्यक्रम गर्ने भएको छ । सो कार्यक्रमका तयारीहरू अन्तिम चरणमा पुगेको गाउँपालिका प्रमुख जसवन्त यादवले जानकारी दिनुभएको छ ।

उनका अनुसार प्रतियोगितामा पाँच टिम सहभागी हुनेछन् र खेलाडी छनौट तथा प्रशिक्षणको जिम्मेवारी अनुभवी प्रशिक्षक ग्रिम्मा मणि शाक्यलाई दिइने तयारी भएको छ । खेल प्रसौनी–२, औराहास्थित पाचगावा खेल मैदानमा हुने छ ।

प्रमुख यादवका अनुसार छनौटमा परेका खेलाडीहरूका लागि आवश्यक जस्तै—बुट, जर्सी, शिल्ड तथा तीन महिनासम्म सञ्चालन हुने क्याम्पसम्बन्धी सम्पूर्ण खर्च गाउँपालिकाले नै व्यहोर्नेछ ।

“हाम्रो पालिकामा खेलकुदप्रेमी युवाहरूलाई अवसर प्रदान गरी उनीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा अगाडि बढाउने लक्ष्य लिएको छौँ,” प्रमुख यादवले भन्नुभयो । “खेल क्षेत्रबाट पनि धेरै उपलब्धि हासिल गर्न सकिन्छ भन्ने उदारण स्थापित गर्ने हाम्रो प्रयास हुनेछ,” उहाँले थप्नुभयो ।

गाउँपालिकाले खेलकुद पूर्वाधार विस्तार र युवा प्रतिभालाई प्रस्फुटित गर्न निरन्तर कार्यक्रम अघि बढाउने समेत जनाएको छ ।

Leave A Reply

Your email address will not be published.