सन नेपाल लाईफ ईन्स्युरेन्सको ७ औं बार्षिक उत्सवको अवसरमा नारायणी अस्पतालमा फलफुल बितरण
सन नेपाल लाईफ ईन्स्युरेन्स कम्पनी लिमिटेडको ७ औं बार्षिक उत्सवको अवसरमा आज नारायणी अस्पतालमा फलफुल बितरण गरिएको छ । समाजिक उतरदायित्व अन्र्तगत वीरगंज शाखाले नारायणी अस्तपालको प्रसुति वार्डमा ६० जना बिरामीलाई फलफुल बितरण गरिएको हो । शाखाका प्रमुख प्रमोद प्रसाद साहको आतिथ्यमा फलफुल बितरण गरिएको शाखाका मार्केटिङ्ग अफिसर नरेश कुमार पटेलले जानकारी दिए । कार्यक्रममा शाखाका कर्मचारीहरुको उपस्थिती थियो ।