साउथ सिटी हिमाल हस्पिटलको आयोजनामा रक्तदान सम्पन्न, १२ जना महिला सहित ४१ जनाले गरे रक्तदान
वीरगंज २७ असार
वीरगंज–१५ स्थित द हिमाल नर्सिङ्ग इन्स्टिच्युटको कम्पाउण्ड भित्र आज एक रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
कार्यक्रमको आयोजन साउथ सिटी हिमाल हस्पिटल प्रा.लि. द्वारा गरिएको हो।
उक्त कार्यक्रममा १२ जना महिला सहित कुल ४१ जनाले आफ्नो अमूल्य रक्तदान गरेका छन्।
गर्मीको चर्को मौसम र अस्पतालहरूमा बढ्दो रक्त अभावलाई मध्यनजर गर्दै कार्यक्रमको आयोजना गरिएको आयोजक पक्षले जानकारी दिएको छ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी वीरगंज शाखाका सदस्य दया शंकर सिंह, वीरगंज कपडा बैंकका अध्यक्ष लाल बाबू सिंह, रेडक्रस रेशमकोठी उपशाखाका युवा संयोजक अभिलाष गुप्ता, संचारकर्मी अर्जुन चौधरी र प्रहलाद चौरसिया लगायत विशिष्ट व्यक्तिहरूको विशेष उपस्थिति रहेको थियो।
रक्तदान गर्नेमा विशेषगरी अञ्जली यादव, प्रियंसु यादव, बनिता श्रेष्ठ, सोफिया मल्ल, अमृता थापा, दिलमाया, विशाल साह, मो. नुरबाबु हास्मी, कविन साह, रामबाबु मुखिया, सोनी प्रति साह, रामुजी यादव, शेती मगा, प्रणिस्ता न्यौपाने लगायतका व्यक्तिहरूले आफ्नो अमुल्य रक्तदान गरेका थिए।
कार्यक्रममा नेपाल रक्त संचार केन्द्र, वीरगंजका प्रमुख सौरभ राज पाण्डे, जितेन्द्र कुश्वाहा, नितेश यादव लगायतका स्वास्थ्यकर्मीहरूको प्राविधिक सहयोग महत्वपूर्ण रहेको थियोे।
“रक्तदान भनेको अरूलाई जीवन दिनु मात्र होइन, आफूमा पनि सकारात्मक ऊर्जा सञ्चार गर्नु हो,” कार्यक्रमका सहभागीहरूले उल्लेख गरेका थिए।