सामाजिक उत्तरदायित्वमा प्रहरीको सक्रियता, वृद्धवृद्धासँग आत्मीय भेटघाट

71

आनन्द पटेल
वीरगंज, साउन २०

सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे.क्वा पर्साका प्रहरी उपरीक्षक (एसपी) पुरन चन्द भट्ट र सशस्त्र प्रहरी निरीक्षक (ड्राइपोर्ट) सुरेन्द्र राज खड्काले वीरगंज स्थित मानवसेवा आश्रमको अवलोकन गर्नुका साथै बिहानको भोजन सेवामा पनि सक्रिय सहभागिता जनाएका छन्।

वहाँहरुले आश्रममा आश्रित वृद्धवृद्धाहरूसँग समय बिताउँदै आत्मीयता प्रकट गरेका थिए भने सामाजिक उत्तरदायित्व अन्तर्गत आगामी दिनमा व्यक्तिगत तथा संस्थागत रुपमा सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

उक्त अवसरमा मानवसेवा आश्रम वीरगंजका संस्थापक सदस्य देवेश गुप्ता, ओम कुमार झा, प्रमुख मुना मगर पुलामी, प्रदुमन सर्राफ लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमले सुरक्षा निकाय र सामाजिक संस्थाबीचको सहकार्य र समर्पणलाई अझ सुदृढ बनाउने विश्वास गरिएको छ।

Leave A Reply

Your email address will not be published.