विभिन्न मागहरु राख्दै नेशनल मेडिकल कलेज वीरगंजका विद्यार्थीहरु चार दिनदेखि आन्दोलनमा

484

माघ, १७ विरगंज
नेशनल मेडिकल कलेज वीरगंजका विद्यार्थीहरु चार दिनदेखि आन्दोलित भएका छन् । चिकित्सा शास्त्र अध्ययन गरेका एमीबीबीएस प्रथम बर्षदेखि एमडी ९विशेषज्ञ० सम्मका विद्यार्थीहरु विभिन्न मागहरु राख्दै आन्दोलित भएका हुन् ।

अध्ययनका लागि मेडिकल कलेजले होस्टल बस्नैपर्ने बाध्यता गरेकोलाई हटाउनुपर्ने, अध्ययनपछिको इन्टर्नसिपमा दिईने पारिश्रमिक वृद्धि गर्नुपर्ने, कलेजको क्यान्टिनको मेस हटाउनु पर्ने र इन्टरनेटको वाईफाई हटाउनुपर्ने लगायतका माग गरेर मूल गेटमै धर्ना बसेर विद्यार्थीहरु आन्दोलन गरेका छन् । उनीहरुले कलेजका प्रशासन प्रमुख आविद हुसैन अन्सारी ९चाँद० को राजिनामा समेत माग गरेका छन् ।

कलेजमा अध्ययन सकिएपछि गरिने इन्टर्नशीपमा दिईदै आएको १० हजार पारिश्रमिक बढाएर १५ हजार गर्नुपर्ने माग राखेको एक विद्यार्थीले बताए । चार दिनदेखि आन्दोलन गरेपनि कलेज प्रशासनले अहिलेसम्म कुनै सुनुवाई नगरेको आन्दोलनरत विद्यार्थीहरुले गुनासो गरेका छन् । प्रशासन प्रमुख चाँदले विद्यार्थीहरुलाई राम्रो व्यवहार नगरेकोले राजिनामा माग गरेका हुन् ।

चार दिनदेखि विद्यार्थीहरुले गरेको आन्दोलनले पठनपाठन ठप्प भएपनि आधिकारिक कोही पनि व्यक्ति विद्यार्थीहरुको माग सम्बोधनको विषयमा भन्न नआएको आन्दोलन विद्यार्थीले बताएका छन् ।

नेशनल मेडिकल कलेजमा विद्यार्थीहरु आन्दोलित भएको जानकारी पाएपछि अखिल क्रान्तिकारीका केन्द्रीय सचिव तथा मधेस प्रदेश उपाध्यक्ष इश्क कुमारले संगठनको ध्यानाकर्षण भएको बताए ।

उनले आन्दोलनरत विद्यार्थीहरुसँग भेटेर मागको विषयमा बुझेको र मागहरु जायज रहेकोले सम्बोधन गर्नुपर्ने बताए । कलेज प्रशासनले होस्टेल, तथा इन्टरनेट लगायतका सेवाहरुमा शुल्क वृद्धि गर्ने तर बर्षौदेखि त्यहि इन्टर्नशीपमा कार्यरत विद्यार्थीहरुको पारिश्रमिक नबढाउनु न्यायोचित नभएको उनले बताए ।

Leave A Reply

Your email address will not be published.