सामाजिक सञ्जालमा गाली बेइज्जती गर्नेहरुलाई कारबाही गर्न माग

473

माघ,१७ विरगंज
हिन्दु समाज वीरगंजले सामाजिक सञ्जाल फेसबकु र टिकटकमा हिन्दु धर्मलाई लक्षित गरेर अश्लिल शब्द प्रयोग गरी गाली बेइज्जती गरेर धार्मिक सद्भभाव भड्काउने तत्वहरुलाइ कारबाहीको माग गर्दै पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषालमार्फत गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापन पत्र बुझाएको छ।

सदियौंदेखि शान्तीपूर्वक मिलेर बस्दै आएका हिन्दु र मुस्लिम समुदाय बीच आपसी द्वन्द्व फैलाउने र सामाजिक सद्भावलाई बिथोल्ने नियतले केही तत्वहरु सामाजिक सञ्जालमा सक्रिय भएको भन्दै हिन्दु युवा सामजले चिन्ता व्यक्त गरेको छ।

सामाजिक सञ्जाल फेसबकु र टिकटकमार्फत भ्रम फैलाउने, हिन्दु धर्मलाई निसाना बनाई गाली बेइज्जती गर्ने कार्य भइरहेको भन्दै हिन्दु समाजले त्यस्ता व्याक्तिहरुको पहिचान गरी कारबाही गर्न माग गरेको हो ।

जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउन गएको टोलीमा हिन्दु समाजका राजा गुप्ता, सागर सरार्फ, श्याम रौनियार, सौरभ पटेल, ओमप्रकाश गुप्ता, प्रज्वल डंगोल, विशाल गुप्ता, सोनु पटेल, राजन साह, विजय साह लगायतको सहभागीता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.