युवा नेता अकलेश कुमार साहको पहलमा श्यामपुर भेलाहामा विद्यालय भवन निर्माण सुरु

68

पकहामैनपुर ओमप्रकाश सराफ । २०८४ का मेयर पदका प्रत्याशी तथा युवा समाजसेवी अकलेश कुमार साहको पहलमा पकहामैनपुर गाउँपालिका–४ स्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, श्यामपुर भेलाहामा विद्यालय भवन निर्माण कार्य औपचारिक रूपमा सुरु गरिएको छ ।

मधेश प्रदेश सरकारको शिक्षा मन्त्रालयबाट विनियोजित रु. १६ लाख बजेटमार्फत भवन निर्माण कार्य अघि बढाइएको हो ।

कार्यक्रममा वडा अध्यक्ष ढेडी यादव, प्राध्यापक उमेश यादव, स्थानीय बुद्धिजीवी तथा समाजका अगुवाहरूको उपस्थिति रहेको थियो ।

युवा नेता तथा समाजसेवी साहले शिक्षा क्षेत्रको विकासलाई प्राथमिकतामा राख्दै निरन्तर रूपमा समाजसेवा गर्दै आएको र बालबालिकाको गुणस्तरीय शिक्षाका लागि पूर्वाधार सुधार आवश्यक रहेको बताए । उनले विद्यालयको समग्र विकासका लागि आगामी दिनमा पनि निरन्तर पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

स्थानीयवासीहरूले अकलेश कुमार साहको पहलमा विद्यालय भवन निर्माण कार्य सुरु हुनु सराहनीय कदम भएको भन्दै धन्यवाद व्यक्त गरेका छन् ।

Leave A Reply

Your email address will not be published.