ईस्कोनको आयोजनामा वीरगञ्जमा चैत २८ मा भव्य जगन्नाथ रथ यात्रा, हजारौँ भक्तजन सहभागी हुने अपेक्षा

87

वीरगञ्ज, चैत २८ — वीरगञ्जमा यही चैत २८ गते शनिबार दिउँसो १ बजे श्री जगन्नाथ रथ यात्रा निकालिने भएको छ। आयोजकले बिहीबार वीरगञ्ज स्थित ईस्कोन प्रांगणमा पत्रकार सम्मेलन गर्दै तेस्रो पटक रथ यात्रा आयोजना गर्न लागिएको जानकारी दिएका हुन्।

आयोजकका अनुसार रथ यात्रा गहवा माई पार्कबाट सुरु भई मकालु होटल, पूजन होटल, कैलाश होटल, घडीअर्वा पोखरी, गीता मन्दिर रोड हुँदै पुनः माइस्थान पार्कमा पुगेर समापन हुनेछ।

रथ निर्माण, सजावट, प्रसाद व्यवस्थापन लगायतका तयारीका लागि करिब ५ लाख ५० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।

यस वर्षको रथ यात्रामा पर्सा, बारा र रौतहट जिल्लाका साथै भारतको रक्सौल (बिहार) क्षेत्रबाट करिब ४ हजारदेखि ६ हजारसम्म श्रद्धालु तथा सर्वसाधारणको सहभागिता रहने अपेक्षा गरिएको छ।

कार्यक्रमलाई शान्तिपूर्ण तथा व्यवस्थित बनाउन नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, वीरगञ्जले आवश्यक सुरक्षा व्यवस्था मिलाउने आयोजकले जनाएको छ।

पत्रकार सम्मेलन हिन्दु पत्रकार संघ नेपालका अध्यक्ष राजन रौनियारको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा इस्कॉन वीरगञ्जका मुक्तिनाथ साह, आयुष गिरि, गौर्सभन दास, श्याम मनोहर साह लगायतको उपस्थिति रहेको थियो।

Leave A Reply

Your email address will not be published.