मन्त्रिपरिषद् अस्थिर: एक महिनामै दुई मन्त्री बाहिरिए

81

काठमाडौं । सरकार गठन भएको एक महिना नपुग्दै मन्त्रिपरिषद्‌मा अस्थिरता देखिएको छ। पछिल्लो घटनाक्रममा गृहमन्त्री सुधन गुरुङले बुधबार पदबाट राजीनामा दिएका छन्।

यसअघि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपक कुमार साह पदबाट हटाइसकिएका थिए। पदीय मर्यादाविपरीत काम गरेको आरोपपछि प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले उनलाई चैत २६ गते बर्खास्त गरेका थिए। साहले आफ्नी श्रीमतीलाई स्वास्थ्य बीमा बोर्डमा नियुक्ति दिलाएको विषय सार्वजनिक भएपछि उनीमाथि कारबाही गरिएको थियो।

यता, रास्वपा सभापति रवि लामिछानेको सिफारिससँग जोडिएको प्रकरणमा स्वास्थ्य मन्त्री निशा मेहेतालाई भने सचेत गराइएको स्रोतले जनाएको छ।

गृहमन्त्री गुरुङमाथि पनि सम्पत्ति विवरणमा करिब ५० लाख रुपैयाँ बराबरको संस्थापक सेयर नदेखाएको तथा विवादास्पद व्यवसायी दीपक भट्टसँग साझेदारी रहेको आरोप लाग्दै आएको थियो। यी विषयमा चर्को आलोचना भएपछि उनले अन्ततः पदबाट राजीनामा दिएका हुन्।

प्रधानमन्त्री बालेनले चैत १३ गते मात्रै मन्त्रिपरिषद् विस्तार गरेका थिए। तर छोटो समयमै दुई मन्त्री बाहिरिएपछि सरकारको स्थायित्वमाथि प्रश्न उठ्न थालेको छ।

Leave A Reply

Your email address will not be published.