दरबार हत्याकाण्ड दीपेन्द्रले गरेका होइनन्, सत्य अझै खुल्न बाँकी छ : ओली

7

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले २०५८ साल जेठ १९ गते भएको नारायणहिटी दरबार हत्याकाण्ड दीपेन्द्र शाहले नगरेको दाबी गर्नुभएको छ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले आफ्ना आमा–बुबासहित सम्पूर्ण परिवारको हत्या गरेर दीपेन्द्रले आत्महत्या गरेको भन्ने कथा विश्वव्यापी रूपमा फैलाइए पनि त्यसमा सत्यता नरहेको दाबी गर्नुभयो।

उहाँले दरबार हत्याकाण्डलाई दीपेन्द्रको प्रेम प्रसङ्गसँग जोडेर ‘रेडिमेड कथा’ तयार पारिएको टिप्पणी गर्दै वास्तविक घटनाबारे अझै सत्य सार्वजनिक हुन नसकेको बताउनुभयो।

अध्यक्ष ओलीले दरबार हत्याकाण्ड कसले गर्‍यो भन्ने विषय अझै स्पष्ट नभएको उल्लेख गर्दै दीपेन्द्रको प्रेम असफलतासँग घटना जोडिएको कथा षड्यन्त्रमा संलग्न व्यक्तिहरूले बनाएको दाबी गर्नुभयो।

Leave A Reply

Your email address will not be published.