लंगडीमा बृहत् खुला रक्तदान, ३ महिला सहित ८८ जनाले गरे रक्तदान

49

पर्सा, १३ भदौ ।

मानव जीवन बचाउने तथा रगतको अभाव न्यूनीकरण गर्ने उद्देश्यले पर्साको धोबीनी गाउँपालिका–४ लंगडी चौकमा आयोजित बृहत् खुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

Human Love Charity Fund को आयोजनामा भएको कार्यक्रममा ३ महिलासहित ८८ जनाले रक्तदान गरेका छन्। कार्यक्रममा विभिन्न क्षेत्रका नागरिक, युवा, समाजसेवी तथा रक्तदाताहरूको उत्साहजनक सहभागिता रहेको थियो।

रक्तदान गर्नेहरूमा चित्रन्जना पटेल, हिना बेगम, रेन्जु पटेल, राममुर्ती साह कानु, निरज पटेल, लोकनाथ पटेल, रामानन्द ठाकुर, सुल्तान मियाँ, रामबाबु पटेल, पशुराम पटेल, राजन गुप्ता, रोशन चौरसिया, उमेश साह कानु, अमन पटेल, प्रशान्त गुप्ता, अलियास मियाँलगायत रहेका छन्।

Human Love Charity Fund का अध्यक्ष डा. इम्रान अन्सारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा धोबीनी गाउँपालिकाका अध्यक्ष मदनप्रसाद चौहान प्रमुख अतिथि तथा वडा अध्यक्ष अबास मियाँ, मनाउर अहमद र कार्यपालिका सदस्य दिनेश कलवारलगायतको उपस्थिति थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरूले रक्तदान मानव सेवाको महत्वपूर्ण माध्यम भएको बताउँदै रगतको अभावमा कुनै पनि बिरामीले ज्यान गुमाउन नपरोस् भन्नका लागि यस्ता अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिए। उनीहरूले युवाहरूलाई सामाजिक उत्तरदायित्व वहन गर्दै नियमित रक्तदान गर्न आग्रह गरे।

नेपाल रेडक्रस सोसाइटी पर्साका अध्यक्ष बृजकिशोर पटेलले रक्तदानले बिरामीको जीवन बचाउन महत्वपूर्ण भूमिका खेल्ने बताउँदै स्वस्थ व्यक्तिले नियमित रक्तदान गर्नुपर्ने धारणा व्यक्त गरे।

कार्यक्रममा रक्तसञ्चार केन्द्र वीरगञ्जका प्रमुख सौरवराज पाण्डेको नेतृत्वमा आएको प्राविधिक टोलीले रक्तसंकलनका लागि प्राविधिक सहयोग गरेको थियो।

आयोजक संस्थाले कार्यक्रममा सहभागी सम्पूर्ण रक्तदाता, अतिथि तथा सहयोगीप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि सामाजिक तथा मानवीय कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। कार्यक्रममा Human Love Charity Fund का रिजवान अन्सारी, विकास साह, अजय पटेल, मुकेश पटेल, रेयाज हुसेन, राजनकुमार बानिया, मुक्तीजहुर अन्सारी, खालिद जेया, नवसाद अन्सारी, साजित अन्सारी, समिम समानी, निरज पटेल, सत्यम गुप्ता, राममुर्ती साह कानुलगायतको सहभागिता रहेको थियो।

Leave A Reply

Your email address will not be published.