बेल्ट ग्रेडिङ परीक्षामा सहभागी तेक्वान्दो खेलाडीलाई डोजाङको शुभकामना
वीरगञ्ज आनन्द पटेल।
वीरगञ्ज तेक्वान्दो डोजाङले आगामी बेल्ट ग्रेडिङ परीक्षामा सहभागी हुने सम्पूर्ण विद्यार्थीलाई हार्दिक शुभकामना तथा सफलताको शुभेच्छा व्यक्त गरेको छ।
डोजाङले विद्यार्थीहरूको निरन्तर मेहनत, अनुशासन, लगनशीलता र आत्मविश्वासले परीक्षामा उत्कृष्ट सफलता हासिल गर्ने विश्वास व्यक्त गरेको छ। साथै, तेक्वान्दोको यात्रामा अझ उच्च उपलब्धि हासिल गर्दै परिवार, समाज तथा डोजाङको नाम गौरवान्वित बनाउन सफल होऊन् भन्ने शुभकामना दिइएको छ।
डोजाङ प्रमुख महमद सकिल, अन्तर्राष्ट्रिय खेलाडी महमद वेश र आफताब आलम, ग्रेडिङ परीक्षक राजेन्द्र खड्गी तथा प्रशिक्षक महमद मन्सुर मियाँलगायतले विद्यार्थीहरूलाई सफलताको शुभकामना दिएका छन्।
डोजाङ परिवारले विद्यार्थीहरूलाई आत्मविश्वासका साथ परीक्षामा सहभागी हुन आग्रह गर्दै उज्ज्वल भविष्यको शुभेच्छा व्यक्त गरेको छ।