जेन–जी आन्दोलनका सहिदको सम्झनामा बहुअरीमा दीप प्रज्वलन
वीरगञ्ज, भदौ २३ आनन्द पटेल।
जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका नागरिकहरूको सम्झनामा पर्साको परवानीपुर गाउँपालिका–५ बहुअरी टोलमा दीप प्रज्वलन तथा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको छ।
राजन यादवको आयोजनामा भएको कार्यक्रममा परवानीपुर गाउँपालिका–५ का जेन–जी पुस्ताका युवाहरू तथा स्थानीयवासीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा रोहित यादव, अभिषेक पटेल, रुपेश, करण पासवान, अशोक , धर्मेन्द्र, नितेश लगायत युवाहरूको उपस्थिति थियो।
कार्यक्रममा सहभागीहरूले आन्दोलनका क्रममा ज्यान गुमाएका सम्पूर्ण नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूको आत्माको चिरशान्तिको कामना गरेका थिए। सहभागीहरूले मृतकहरूको योगदान र बलिदानलाई स्मरण गर्दै दीप प्रज्वलन गरेका थिए।

दीप प्रज्वलन कार्यक्रममा परवानीपुर गाउँपालिका–५ बहुअरी टोलका स्थानीय, जेन–जी पुस्ताका युवाहरू तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको आयोजकले जनाएको छ।
कार्यक्रममा सहभागीहरूले समाजमा शान्ति, सुशासन, जवाफदेहिता र सकारात्मक परिवर्तनका लागि युवाहरूको भूमिका महत्वपूर्ण रहेको बताएका थिए। आन्दोलनका क्रममा ज्यान गुमाएका नागरिकहरूको सपना र उद्देश्यलाई स्मरण गर्दै आगामी दिनमा पनि सकारात्मक र रचनात्मक गतिविधिमा युवाहरू सक्रिय हुनुपर्नेमा जोड दिइएको थियो।