लायन्स क्लब अफ वीरगञ्ज नवदीप एकेडेमीको ‘पिस पोस्टर कन्टेस्ट’ सम्पन्न, विशाल शाह, कृष्ण मण्डल र परी गुप्ता उत्कृष्ट

65

वीरगञ्ज आनन्द पटेल।

लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ एस नेपालको मातहतमा रहेको लायन्स क्लब अफ वीरगञ्ज नवदीप एकेडेमीको आयोजनामा ‘मानवतामा सद्भाव’ (Harmony in Humanity) विषयक चित्रकला प्रतियोगिता अर्थात् ‘पिस पोस्टर कन्टेस्ट’ सम्पन्न भएको छ।

विद्यार्थीहरूमा सिर्जनात्मक क्षमता अभिवृद्धि गर्नुका साथै मानवता, शान्ति, प्रेम, एकता, सहिष्णुता, आपसी सद्भाव र भाइचाराको भावना विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो।

क्लबकी चार्टर्ड प्रेसिडेन्ट लायन सुशीला शाहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पीएमजेएफ लायन डीएन अग्रवाल प्रमुख अतिथि तथा डिस्ट्रिक्ट क्याबिनेट सेक्रेटरी लायन बासु तिमल्सिना विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रमको सञ्चालन लायन नेहा अग्रवालले गर्नुभएको थियो।

क्लबले विगत तीन वर्षदेखि निरन्तर आयोजना गर्दै आएको उक्त प्रतियोगिता यस वर्ष चौथो पटक सम्पन्न गरेको हो। प्रतियोगितामा नवदीप एकेडेमीमा कक्षा ७ मा अध्ययनरत २० जना विद्यार्थीले उत्साहपूर्वक सहभागिता जनाएका थिए। विद्यार्थीहरूले ‘मानवतामा सद्भाव’ विषयलाई विभिन्न कलात्मक चित्रमार्फत प्रस्तुत गर्दै शान्ति, प्रेम, एकता र मानवीय मूल्यको महत्त्व झल्काएका थिए।

प्रतियोगितामा कक्षा ७ का विशाल शाह प्रथम, कृष्ण मण्डल द्वितीय, परी गुप्ता तृतीय र ऐलिस सिंह चौथो स्थान हासिल गर्न सफल भएका थिए। विजेता विद्यार्थीहरूलाई प्रमुख अतिथि लायन डीएन अग्रवालले सम्मान तथा पुरस्कार प्रदान गर्नुभएको थियो।

कार्यक्रममा क्लबका फर्स्ट भाइस प्रेसिडेन्ट उत्तम कुमार कुशवाहा, सेकेन्ड भाइस प्रेसिडेन्ट राजु हाडा, थर्ड भाइस प्रेसिडेन्ट नितेश यादव, फोर्थ भाइस प्रेसिडेन्ट विशाल साह, सचिव नेहा अग्रवाल तथा कोषाध्यक्ष सुष्मा मण्डललगायत क्लबका पदाधिकारी तथा सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो।

त्यसैगरी लायन विशाल साह, लायन विक्की साह, लायन रेनु सिंह, राज विक्रम साह, आनन्द तिवारी, पूजा यादव, रानी देवी सिंह ठकुराई, रीता श्रेष्ठ, पुष्पा यादव, दीपा भट्टराई, मेघा कुमारी कलवार, पिंकी सिंह, रेखा श्रेष्ठ, बबिता चौधरी र गीता लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा जगत समाचारका सञ्चालक जगत राई, क्रियाशील युवा पत्रकार मञ्च नेपालका अध्यक्ष आनन्द पटेल, पत्रकार अभिलाष गुप्ता, शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूको समेत उपस्थिति रहेको थियो।

प्रतियोगिताले विद्यार्थीहरूमा लुकेको कला तथा सिर्जनात्मक प्रतिभालाई उजागर गर्नुका साथै समाजमा मानवता, शान्ति, एकता र सद्भावको सन्देश प्रवाह गर्न महत्त्वपूर्ण योगदान पुर्‍याएको आयोजकले जनाएको छ।

Leave A Reply

Your email address will not be published.