उपकार सेवा नेपालको सहयोगमा वीरगन्ज कपडा बैंक द्वारा बाराको चिलझपटीमा राहत प्रदान

432

बैशाख २२, वीरगञ्ज । वीरगन्ज कपडा बैंकले शुक्रबार बाराको फेटा गाउँपालिका वडा नम्बर १ चिलझपटिमा भएको आगलागिका पिडित ४ परिवारहरुलाइ राहत उपलब्ध गरेको छ ।

उपकार सेवा नेपालको सहयोगमा बैंकले सर्ट पैन्ट, टिसर्ट , साडी , बेडसिट,तकिया लगायत २ बोरा नयापुरानो लत्ताकपडा को साथै खाना पकाउने स्टिलको कसौडी,कढाई,थाल ,गिलास,कचौरि ,डाडु पन्यु, बाटा लगायत भाडाकुडा ३ सेट,प्लास्टिकको बाल्टी जग ,बाटा ३ सेट र खाधान्न सहयोग पिडितहरुको आगनमै पुगेर हस्तान्तरण गरेको हो ।

वीरगन्ज कपडा बैंकको अध्यक्ष लालबाबु सिंह ,उपाध्यक्ष प्रकाश थारु,सचिव कन्हैया पटेल,सदस्य अभिलाष गुप्ताले सो सहयोग हस्तान्तरण गरेका हुन ।

सो अवसरमा फेटा गाउपालिकाका अध्यक्ष रुस्तम अन्सारी ,वडा(४ का वडाअध्यक्ष वकिल यादव,वडा १ का पुर्व वडाअध्यक्ष जयप्रकाश दास,वडा सदस्य होदा यादव,स्थानिय बिक्रम पटेल ,पत्रकार शर्मा लाल बैठा लगायत स्थानियहरुको उपस्तिथि रहेको थियो ।

बिहीबार दिउँसो चिलझपटी टोल निवासी मेवालाल ठाकुर,सुदर्शन ठाकुर, बिधादेबी ठाकुर र श्रीलाल कुर्मिको आगलागिमा परि घर लताकपडा, गरगहना, खाधान्न ,नगद लगायतका सामानहरु जलेर नष्ट हुदा करिब २५ लाख भन्दा बढिको क्षति भएको पिडीतहरुले बताएका छन । आगलागिमा परी घरमा राखिएको दुई लाख नगद रकम समेत जलेको पिडित मेवालाल ठाकुरले बताएका छन ।

सो अवसरमा बैंकका उपाध्यक्ष थारुले लगातारको बढ्डो गर्मी संगै देशको पहाडी वनजङ्गल, मधेश तराइको वनजङ्गलको साथै मधेशको क्षेत्रमा बिगत १ महिना भन्दा बढी समयमा वनडढेलो , घर बस्ती गोढ , खेत ,अनाज नै सखाप हुन लागेकोले सम्पूर्णले आगोलागिबाट सजग सावधान रहि आआफ्नो र आफन्तको साथै समाजको सुरक्षा गर्नु पर्दछ भनी आग्रह गर्नु भयो ।

सो अवसरमा बैंकका अध्यक्ष सिंहले विगत १ महिना बढिको समय देखि देश भरी बाटै दुख्द एवं भयानक खबर आइरहेकोले हामी अब पनि सचेत सावधान भएनौ भने स्तिथी अत्यन्तै भयानक एवं कष्टकर हुने भन्दै आगो देखि सजग सावधान रहि आआफ्नो र आपनो परिवार एवं समाज लाई सुरक्षित बनाउन आग्रह गर्दै सहयोगी सम्पुर्ण प्रति आभार ब्यक्त गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.