सर्लाहीका आगलागी पीडितहरुलाई सशस्त्र प्रहरीद्धारा राहत वितरण

386

बैशाख २२, वीरगञ्ज । सर्लाही जिल्लाको विष्णु गाउँपालिका–१ स्थित बारा उद्योरण बस्तीका आगलागी पीडितहरुलाई सशस्त्र प्रहरी बल नेपाल नं.२ छिन्नामस्ता बाहिनी मुख्यालय महोत्तरीले राहत वितरण गरेको छ ।

बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक दीपेन्द्र शाहले आगलागीबाट पीडित ५० घर परिवारलाई राहत स्वरुप लत्ताकपडा, भाडावर्तन लगायतका सामान वितरण गरेकोे हो ।

नायव महानिरीक्षक शाहले जस्तोसुकै आपत विपद्‍मा परेका नागरिकहरुको उद्धार र सहयोगको लागि सशस्त्र प्रहरी सदैव तयार रहेको बताए ।

सो कार्यक्रममा विष्णु गाउँपालिकाका अध्यक्ष जवाहार लाल यादव, नं। १० गण सर्लाहीका गणपति सशस्त्र प्रहरी उपरीक्षक विनोद खनाल लगायत स्थानीय भद्रभलाद्मीहरुको उपस्थिती रहेको थियो ।

Leave A Reply

Your email address will not be published.