छठ मनाउन सर्लाही–४ जाँदै कांग्रेस सभापति गगन थापा

62

वीरगञ्ज : नेपाली कांग्रेसका सभापति गगनकुमार थापा छठ पर्व मनाउन सर्लाही जाने भएका छन्। गत निर्वाचनमा प्रतिस्पर्धा गरेको निर्वाचन क्षेत्र सर्लाही–४ मा पुगेर उनले छठ पर्व मनाउने कार्यक्रम तय भएको हो।

थापाको सचिवालयका अनुसार छठ पूजाको दिन उनी सर्लाही–४ पुग्नेछन्। त्यस अघि मंगलबार थापा नेपाल संवत् नयाँ वर्षको कार्यक्रम तथा म्हः पूजामा सहभागी हुने कार्यक्रम रहेको छ।

त्यस्तै, भोलि सामान्य रूपमा घरमै तिहार मनाउने कार्यक्रम रहेको सचिवालयले जनाएको छ।

Leave A Reply

Your email address will not be published.