रौतहट आनन्द पटेल।
रौतहटको वृन्दावन नगरपालिकामा सनातन हिन्दू मोर्चाको १३ सदस्यीय नगर समिति र ११ सदस्यीय युवा समिति गठन गरिएको छ ।
मंसिर २ गते कार्यक्रम संयोजक राजु साह तेलीको सक्रियतामा विश्रामपुर स्थित श्री हनुमान मन्दिरको प्राङ्गणमा आयोजित कार्यक्रममा दुवै समिति गठन गरिएको हो ।
कार्यक्रममा हिन्दूवादी अगुवा, स्थानीय युवा तथा सामाजिक कार्यमा सक्रिय व्यक्तिहरूको सहभागिता रहेको थियो । कार्यक्रममा सनातन हिन्दू धर्मको रक्षा, हिन्दू राष्ट्र नेपाल स्थापना, समृद्ध समाज निर्माण, जातीय छुवाछुत, बालविवाह, दाइजो प्रथा तथा लागुऔषध नियन्त्रण लगायतका विषयमा छलफल गरिएको थियो ।

गठित सनातन हिन्दू मोर्चाको वृन्दावन नगर समितिको अध्यक्षमा मुगलला राउत, उपाध्यक्षमा गणेश भगत, सचिवमा जगदीश मिश्रा र कोषाध्यक्षमा रामचन्द्र रौनियार चयन भएका छन् । त्यसैगरी सदस्यहरूमा शिवचन्द्र दास बाबा, दुःखा भगत, फेकन साहू, राम एकवाल बैठा, गोविन्द दास, महेश राय, भैरोलाल पटेल र जंगली भगत रहेका छन् ।
त्यस्तै, युवा समितिको अध्यक्षमा रितेश पटेल, उपाध्यक्षमा रोहित यादव, सचिवमा रुपेश यादव र कोषाध्यक्षमा बृजेश पाल चयन भएका छन् । युवा समितिका सदस्यहरूमा अजित यादव, सन्तोष साहू, सरोज महतो र घनश्याम पटेल रहेका छन् ।
कार्यक्रममा सनातन हिन्दू मोर्चाका केन्द्रीय अध्यक्ष सन्तोषानन्द, केन्द्रीय सदस्य योगेन्द्र प्रसाद कलवार, बारा जिल्ला अध्यक्ष गोपाल दास सहित रौतहटका विभिन्न अगुवाहरूको सहभागिता रहेको थियो ।