गिरीबन्धु टी–स्टेटको जग्गा बिक्री गर्ने एमाले नेतृत्वको सरकारले गरेको कांग्रेसको आरोप
जेठ ३, वीरगञ्ज । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले गिरीबन्धु टी–स्टेटको जग्गा बिक्री गर्ने एमाले नेतृत्वको सरकारले गरेको बताउनु भएको छ ।
प्रजातान्त्रिक विचार समाजले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा देउवाले गिरीबन्धु टी–स्टेटको जग्गा बिक्री गर्ने निर्णय एमाले सरकारले गरेपनि अहिले केपी ओलीले एमालेलाई दोष लगाइएको बताउनुभएको हो ।
उनले ओली जस्तो नेताले झुट कुरा गर्न नसुहाउने टिप्पणी गर्नुभयो । आफुले गरेको कुरालाइ स्वीकार गर्न उहाले ओलीलाइ सुझाव दिनुभयो ।
त्यस्तै कांगेसका नेता डा. शेखर कोइरालाले गृहमन्त्रीले पदमा रहेर आफुमाथिको प्रमाण नष्ट गर्न खोजेको आरोप लगाउनुभयो । कांग्रेसले जनताले उठाएका कुरालाई संसदमार्फत स्पष्ट राखेको उहाको भनाइ छ ।
उनले राजाको धम्कीले नडराएको कांग्रेस अहिले कुनै दलको धम्कीबाट नडराउने स्पष्ट पार्नुभयो । अहिले पनि केपी ओली संसद विघटन गरेको पुष्टि गर्नलाई उद्दत रहेको समेत आरोप लगाउनुभयो ।
कोइरालाले सत्ताको खेलका कारण जसपा नेपाल पार्टी फुटाइएको जिकिर गर्नुभयो ।