जेठ ४ गतेदेखि सुरुहुने कानुन व्यवसायीहरुको राष्ट्रिय सम्मेलनको तयारी पुरा

333

जेठ ३, वीरगञ्ज । नेपाल बार एशोसिएशनले यहि जेठ ४ गतेदेखि सुरुहुने कानुन व्यवसायीहरुको राष्ट्रिय सम्मेलनको तयारी पुरा भएको जनाएको छ ।

नेपाल बारले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै जेठ ४ देखि ६ गतेसम्म काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने १६ औ अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलन २०८१ को तयारी पुरा भएको जनाएको हो ।

सक्षम कानून व्यवसायी,मर्यादीत बार ः न्यायपालीकाको पुनसंरचना लोकतन्त्र सुदृढिकरणको आधार भन्ने नाराका साथ सम्मेलनको आयोजना गरिएको बारका अध्यक्ष गोपाल कृष्ण घिमिरेले जानकारी दिनुभयो ।

न्याय प्रशासनलाई आधुनिकीकरण, विकसित, स्वच्छ, निष्पक्ष तथा न्याय उन्मुख बनाउन सम्मेलन कोशेढुङ्गा हुने उहाले बताउनुभयो । उहाले न्यायापालिकामा व्याप्त बिकृति, विसंगति र भ्रष्टाचार अन्त्यको निम्ति न्यायपालिकाको पुनसंरचना अपरिहार्य रहेको धारणा राख्नुभयो ।

सम्मेलनका क्रममा कानूनको अध्ययन तथा अनुसन्धानमा स्थापीत निकायहरुको तर्फबाट कार्यपत्र प्रस्तुत हुने कार्यक्रम रहेको बारले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.