परवानीपुर गाउँपालिकाको आर्थिक वर्ष २०८१/८२ को लागि रु ३४ करोड ४७ लाख ६९ हजारको बजेट प्रस्तुत

316

९ अषाढ बारा, आनन्द पटेल। बाराको परवानीपुर गाउँपालिकाको १४ औं गाउँसभा तथा २०८१/८२ को नीति तथा बजेट प्रस्तुतीकरण कार्यक्रम सम्पन्न भएको छ । 

आगामी आर्थिक वर्षका लागि रु ३४ करोड ५७ लाख ६९ हजारको बजेट प्रस्तुत गरिएको छ । गाउँपालिकाको सभा हलमा शनिबार सम्पन्न भएको गौसभामा गाउँपालिकाकी उपप्रमुख सुगान्धी देवी कनुइनको आदेश अनुसार प्रमुख प्रशासकीय अधिकृत प्राण मेहताले बजेट प्रस्तुतीकरण गरेका थिए ।

यस वर्षको बजेटले शिक्षा, स्वास्थ्य, खेलकुद, कृषि , रोजगारी लगाएतका विषयमा केन्द्रित रहेको अधिकृत मेहताले बताए । खासगरी २ महिना भित्रमा गाउँपालिकाको आफ्नै प्रशासकीय भवन सञ्चालनगरी काम काज सुचारु गर्ने, वडा नं १ बुनियादमा रहेको क्रिकेट खेल मैदानलाई अझ व्यवस्थितगरी खेलकुद गराउने, दलित , पिछडा वर्ग , सिमानकृत समुदायका बालबालिकाहरुको लागि दलित शिक्षा कार्यक्रमगरी शिक्षाबाट वञ्चित रहेका बालबालिकाहरूलाई शिक्षा प्रदान गर्ने, सिपमुलक तालिम प्रदान गर्ने लगायतका जनमुखी कार्यक्रम ल्याईएको अधिकृत मेहताले बताए ।

 

कार्यक्रम गाउँसभाका सभा अध्यक्ष रामक्षत्री प्रसाद कुर्मीको अध्यक्षतामा सम्पन्न भएको थियो । सभामा शुभकामना राख्दै गाउँपालिका प्रमुख कुर्मीले बजेट अनुसारको हरेक काम क्रमसः पूरा गर्दै जानेमा आफू प्रतिबद्ध रहेको र गत वर्ष झै यस आर्थिक वर्ष पनि यो गाउँपालिकालाई प्रथम स्थानमा ल्याउने बताए ।

 

साथै उनले आफ्नो २ वर्षको कार्यकालमा यस गाउँपालिकाका जनप्रतिनिधि, कार्यपालिका सदस्य, वडा अध्यक्षहरु, वडा सदस्यहरू, कर्मचारीहरु , सञ्चारकर्मीज्युहरु , सुरक्षाकर्मीले साथ सहयोग दिएको प्रति सबैलाई विशेष धन्यबाद दिए । साथै अगामी दिनमा पनि आफ्नो अमूल्य सुझावहरु दिएर सहयोग गर्न आग्रह गरे ।

 

कार्यक्रममा स्वागत मन्तब्य वडा सदस्य दारा सिंह पटेलले गरेका थिए भने शुभकामना मन्तब्य वडा नं ४ का वडा अध्यक्ष गम्भीरा राउत कुर्मी, लगायतले गरेका थिए ।

 

कार्यक्रममा ५ वटै वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरू, वडा सदस्यहरू, स्वास्थ्य निरीक्षक हरिओम साह, जिन्सी शाखा प्रमुख अजय कुशवाहा, लेखा अधिकृत बजरंगी साह, सञ्चारकर्मीहरु, विभिन्न सुरक्षा निकायका प्रमुखहरू , समाज सेवी बुद्धिजीवी लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रमको सञ्चालन रवीन्द्र कुमार मिश्राले गरेका थिए ।

Leave A Reply

Your email address will not be published.