जगरनाथपुर गाउँपालिकाको बजेट ४४ करोड ३४ लाख,शिक्षा स्वास्थ्य तथा कृषिमा जोड 

352

असार १०, वीरगञ्ज। जगरनाथपुर गाउँपालिकाले सोमबार ११ अौ गाउँ सभा बाट आ. ब .२०८१/८२ को लागि निति तथा कार्यक्रम र बजेट पारित गरेको छ।गाउँपालिका प्रमुख श्रीकान्त यादवले जगरनाथपुर गाउँपालिकालाई शिक्षा ,स्वास्थ्य ,कृषि ,भौतिक ,तथा खेलकुद क्षेत्रमा पहिलो प्राथमिकता दिएको सो निति तथा कार्यक्रममा उहाँले सार्वजनिक गर्नु भएको हो ।

पालिकाले गुणस्तरीय शिक्षा कसरी दिने ,विद्यार्थीहरुलाई प्रोत्साहन गर्न योजना रहेको र बिधालय बाहिर रहेका विद्यार्थीहरुलाई बिधालय सम्म कसरी ल्याउने भन्ने बारेमा ठोस निति तथा कार्यक्रम मार्फत अगाडि बढाउने रहेको बताए ।कृषि क्षेत्रमा काम गर्ने किसानलाई छुट्टै प्रोत्साहन गर्ने सिचाइको ब्यवस्थापन गर्ने उत्पादन क्षेत्र ,खेलाडीहरुलाई अगाडि बढाउन ,तथा स्वास्थ्य क्षेत्र ,र भौतिक निर्माण जस्ता बिषयमा यसपटक आफ्नो पहिलो प्राथमिकतामा पारेको गाउँपालिका प्रमुख यादवले बताएका छन् ।

कार्यक्रममा प्रमुख अतिथि नेपाली काङ्ग्रेसका सभापति तथा मधेस प्रदेशका सदस्य जनार्दन सिंह क्षेत्रीले बजेट तथा निति कार्यक्रमको उदघाटन समारोहमा अब सुबिधा भोगी अन्त गर्नुपर्ने धारणा राख्नु भएको थियो ।उनलेे भने अब नेताले सुविधा लिने होइन जनतालाई सुविधा दिनुपर्ने बताए ।अहिले जनप्रतिनिधिहरुले कहाँबाट कति भत्ता लिने र आफ्नो मात्र विकास गर्ने सोच लिएर अगाडि बढने हो भने जनताले त्यो हिसाबकिताब गरेर देखाउने क्षेत्रीले बताएका छन् ।

उनलेे भने अहिले सवारीसाधन तथा अनुगमनको नाममा भ्रष्टाचार भइरहेको छ त्यो राम्रो होइन हामीले जनताको विकास तथा गणतन्त्रलाई संस्थागत गरे मात्र देशको विकास हुने धारणा राख्नु भएको थियो ।निति तथा कार्यक्रममा मधेस प्रदेशका सदस्य शंकर चौधरी ,उपाध्यक्ष ,वडा अध्यक्षहरुको तर्फबाट विहारी महतो,लगायत विभिन्न नेता तथा अगुवाहरुको उपस्थित रहेको थियो ।

Leave A Reply

Your email address will not be published.