२ सय १ किलो लागुऔषध गाजाँ सहित दुईजना मानिस र पिकप बारा प्रहरीको नियन्त्रणमा

277

असार १५,वीरगञ्ज । बारा प्रहरीले २ सय १ किलो लागुऔषध गाजाँ सहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ्ग जिल्लाको निलकण्ठ नगरपालिका वडा नं ८ बस्ने २२ वर्षिय सुजन अधिकारी र सोहि जिल्लाका ज्पालामुखी गाउँपालिका वडा नं १ बस्ने रमेश नेपालीलाई पक्राउ गरिएको हो ।

ईलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरी टोलीले बाराको सिम्रौनगढ नगरपालिका वडा नं ५ ईटवाल बस्ने मनोज कुमार साहको घरबाट १६ पोकामा २ सय १ किलो गाजाँ र ओसारवसार प्रयोग गर्ने बागमती प्रदेश ०१–०२९ च ६७५२ नम्बरको पिकप बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायव उपरिक्षक दधिराम न्यौपानेले बताउनु भयो ।

उनीहरुले साहको घरमा लुकाई छिपाई राख्ने तथा मानिसहरुलाई लागुऔषध ओसारपसार गर्ने गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका मानिष सहित पिकप थप अनुसन्धान अगाडि बढाइएको प्रहरी प्रवक्त न्यौपानेले बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.