बाढी पिडितहरुको लागी क्षतिपुर्तिको ब्यवस्था मिलाउन सांसद हजराको मांग

292

असार १६, वीरगञ्ज। नेकपा एमालेका सांसद प्रभु हजराले बाढी पिडितहरुको लागी क्षतिपुर्तिको ब्यवस्था मिलाउन मांग गरेका छन । सोमवार सदनमा शुन्य समयमा बोल्दैं सांसद हजराले सो मांग गरेका हुन । 

उनले भने देशमा अहिले बाढी पहिरोले गर्दा ३०औं भन्दा बढी मानिसले जान गुमाएका छन र सो मध्ये आधिं भन्दा बढी दलित समुदायका मानिस रहेको जिकिर गर्दै तत्काल सम्पुर्ण बाढी पिडितहरुको लागी क्षतिपुर्तिको ब्यवस्था मिलाउन मांग गरेका हुन ।

नेकपा एमालेका केन्द्रिय सदस्य समेत रहेका सांसद हजराले बाढी पहिरोका कारण जान गुमाएका मानिसहरु प्रति श्रद्धाञ्जली अपर्ण तथा परिवारजनमा हार्दिक समवेदना समेत ब्यक्त गरेका थिए ।

सांसद हजराले जनता आवास कार्यक्रम नेकपा एमालेको सरकार देखि संचालनमा आएको र अहिले सातैं प्रदेशमा लागु रहेको बताए । उनले जनता आवास कार्यक्रम अहिले सम्म ब्यवस्थित हुन नसकेका कारण यसरी दलित समुदायका मानिसहरुलाई जान गुमाउनु परेको जिकिर गरे । उनले जनता आवास कार्यक्रमलाई ब्यवस्थित ढंगले संचालनमा ल्याउनका लागी केन्द्रबाट उच्च स्थरीय अनुगमन टोली बनाएर सातैं प्रदेशमा अनुगमन गराउन सभामुख मार्फत मांग गरेका हुन ।

Leave A Reply

Your email address will not be published.