सशस्त्र प्रहरीद्वारा लागु औषध सहित एक जना पक्राउ, भारतीय स्कारपियो र भन्सार छलीका समान भन्सार दाखिला

294

 

भगवान कुर्मी असार, २३ वीरगञ्ज । सशस्त्र प्रहरी पर्साले लागु औषध ट्रमानिल सहित एक जनालाई पक्राउ गरेको छ । प्रस्तावित सिमा सुरक्षा गुल्म वीरगंजबाट खटेको टोलीले शंकराचार्य गेटबाट वीरगंज २ छपकैया बस्ने कुशल सिंह क्षेत्रीलाई पक्राउ गरेको हो ।

पक्राउ परेका क्षेत्रीबाट ३०२ पता ट्रमानिल लागुऔषध बरामद गरिएको सशस्त्र प्रहरी पर्साका प्रवक्ता देवेन्द्र सिंहले जानकारी दिए । पक्राउ परेका १७ बर्षिय क्षेत्री माथि आवश्यक कारवाहीको लागि प्रहरी चौकी ईनर्वामा बुझाइएको प्रवक्ता सिंहले जानकारी दिए ।  

यसैगरी आजै सोही गुल्मबाट खटेको टोलीले भारतीय गाडी नियन्त्रणमा लिएको छ । वीरगंज १६ भन्सार मेनगेट स्थित चेकप्वाईन्ट भन्दा ५० मिटर उत्तर सडमा पार्किङ्ग गरि राखिएको बिआर ०१ पिए ७१६२ नम्बरको स्कारपियो नियन्त्रणमा लिएको हो ।

गाडिभित्र जेठ २१ गते सम्मको मात्र प्रज्ञापन पत्र रहेकोले सो स्कर्पीयो गाडिलाई नियन्त्रणमा लिई आवश्यक कारवाहिको लागि वीरगंज भन्सार कार्यालय पर्सामा बुझाएको प्रवक्ता सिंहले जानकारी दिए ।

यता सिमावर्ती शहर रक्सौलबाट अबैध रुपमा भन्सार छलि ल्याइएको किराना समान पनि सशस्त्र प्रहरी नियन्त्रण लिएको छ । अबैध तरिकाले वीरगंज ल्याउदै गरिएका कबिर ५० हजार मुल्य बराबरको किराना सामानहरु सशस्त्रले बरामाद गरि भन्सार दाखिला गरेको जनाएको छ । यसैगरी वीरगंजबाट भन्सार छलि रक्सौल तर्फ लैजादै गरेको करिब १५ हजार मुल्य बराबरको कस्तुरी र एम्बिशन मदिरा नियनन्त्रणमा लिई भन्सार दाखिला गरेको प्रवक्ता सिंहले जानकारी दि

Leave A Reply

Your email address will not be published.