दिनानाथ साह : बिरगंज ,असार ३० । नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखाद्रारा आज भिष्वा होटलमा बिरगंजका सामुदायिक र संस्थागत स्कुलका शिक्षक र बिद्यार्थीहरुलाई जुनियर / युवा तथा शिक्षक नायकको लागि रोड सुरक्षा तथा लागू औषध सम्बन्धि सचेतना अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
सो कार्यक्रमको बिनोद गिरीको अध्यक्षता तथा प्रमुख अतिथि बिरगंज महानगरपालिकाको शैक्षिक प्रमुख अरविन्दलाल कर्ण विशिस्ट अतिथि विष्णु नेपाल , फुलमहमद मिया , मधु राणा अतिथिहरुमा मोहन यादव , आलोक चौरसिया , जियालाल गुप्ता , सन्तोष गुप्ता रहनु भएको थियो । जिल्ला ट्राफिक कार्यालय पर्साको सहायक वरिष्ठ सहायक निरीक्षक बुद्ध खड्काले ट्राफिक कार्यकालको जिल्ला तथ्यांक दुर्घटना सम्बन्धि एवम् कार्यक्रम सहजीकरण गर्नु भएको थियो ।
त्यसतै जिल्ला प्रहरी कार्यालय पर्साको प्रहरी निरीक्षक रोशन थापाले लागू औषध सम्बन्धि सहजीकरण गर्नु भएको थियो सो कार्यक्रम चार सेसनमा गरिएको थियो भने कार्यक्रम स्वागत मन्तव्य धर्मदत बिडारीले कार्यक्रम उदघोषक बिरशमशेर पटेल गर्नु भएको थियो ।
प्रमुख अतिथि अरविन्द्लाल कर्णले सामुदायिक बिधालयमा रेडक्रसको बढी सहभागी रहन्छ त्यसले नेपाल भरिमा पहिलो पटकमा बिरगंजमा संस्थागत र सामुदायिक बिधालयको सहभागी गराएर सेवाको भवना तथा सडक दुर्घटना र लागू औषध नियन्त्रण गर्ने सकिन्छ ।आजको युवा भोलि देशको कर्णधार हो भने बिद्यार्थीहरु समाज , बिधालय , परिवारमा सबै सचेत गराउन र चेतना दिन सकिन्छ ।