सशस्त्र प्रहरी पर्साद्धारा ८ लाख बराबरको अवैध सामान भन्सार दाखिला 

267

असार ३०, वीरगञ्ज।सशस्त्र प्रहरी पर्साले भन्सार छलीका ८ लाख बराबरको अवैध सामानहरु आज भन्सार दाखिला गरेको छ । 

सशस्त्र प्रहरी पर्साले वीरगंज महानगरपालिकाको बिभिन्न स्थानबाट भन्सार छलीका समानहरु पक्राउ गरि भन्सार दाखिला गरेको हो ।

आईतवार बिशेष सुचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेक्वा पर्साबाट खटीएको प्रहरी टोलीले वीरगंज १४ गण्डक चौक स्थितबाट भारत देखि अबैध रुपमा भन्सार छलीका बिभिन्न सार्बजनिक सवारी साधनको माध्यमले जितपुर तर्फ लैजादैं गरेको अवस्थामा चेकजाँच गर्दा करिव ३ लाख ३० हजार बराबरको किराना र हार्डवयरको सामान पक्राउ गरेको थियो ।

यसैगरी सशस्त्र प्रहरी प्रास्तावीत सीमा सुरक्षा गुल्म अलौबाट खटिएको प्रहरी टोलीले वीरगंज १७ अलौ चौकबाट करिव १लाख ५० हजार बराबरको कपडा र किराना सामान बरामद गरेको थियो, भने वीरगंज १६ बासघारीबाट ८० हजार बराबरको १वटा पशुचौपाया (भैसी) नियन्त्रणमा लिएको सशस्त्र प्रहरीका प्रवक्ता देवेन्द्र सिंहले जानकारी दिए ।

उनले आजै (बिओपि) ड्राईपोर्टबाट खटिएको मोटरसाईकल गस्ति टोलीले वीरगंज २४ बहुअरी चौकबाट २३ हजार बराबरको भन्सार छलीका किराना सामान बरामद गरेको बताए ।

सशस्त्र प्रहरी पर्साले नियन्त्रणमा लिएको पशुचौपाया तथा भन्सार छलीका अवैध समानहरु आवश्यक कारवाहीको लागी वीरगंज भन्सार कार्यालयमा बुझाईएको प्रवक्ता सिंहले बताएका हुन ।

Leave A Reply

Your email address will not be published.