सशस्त्र प्रहरी पर्साद्वारा १३ लाख बराबरको अवैध सामान भन्सार दाखिला  

249

सावन ०८, वीरगञ्ज । सशस्त्र प्रहरी पर्साले भन्सार छलीका १३ लाख बराबरको अवैध सामानहरु आज भन्सार दाखिला गरेको छ । 

भरतबाट लुकाई छीपाई अवैध रुपमा बिभिन्न सर्वजनिक सवारी साधनको माध्यमले नेपाल भित्रियाउदैं गरेको अवस्थामा सशस्त्र प्रहरीले सो समान बरामद गरी भन्सार दाखिला गरेको हो ।

सोमवार साझ वीरगंज १४ स्थित गण्डक चौकमा बिषेश सुचनाको अधारमा सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ हेडक्वाटर पर्साबाट खटिएको प्रहरी टोलीले छडके चेकप्वाईन्ट खडागरी चेकजाँच गर्नै क्रममा जितपुर तर्फ जादैंगरेको बिभिन्न सर्वजनिक सवारी साधनबाट भन्सार छलीका करिव ९ लाख ३५ हजार बराबरको किराना समान तथा मोबाईलको पार्टसहरु बरामद गरिएको सशस्त्र प्रहरीका प्रवक्ता देवेन्द्र सिंहले जानकारी दिए ।

यसैगरी सोही मितिमा प्रास्तावीत सीमा सुरक्षा गुल्म बिरगंजबाट खटिएको सशस्त्र प्रहरी टोलिले वीरगंज १६का विभिन्न सीमावर्ती ईलाकाहरुबाट भारत देखि नेपाल तर्फ अबैध रुपमा बिभिन्न सार्वजनिक सवारी साधनको माध्यमले ल्याउदैं गरेको अवस्थामा चेकजाँच गर्दा ३ लाख ८२ हजार बराबरको भन्सार छलीका किराना सामान, कपडा र मोटर पार्टसहरु पक्राउ गरेको थियो ।

सशस्त्र प्रहरीले बरामद गरेको सो समान आजको मितिमा आवश्यक कारवाहिको लागि बिरगंज भन्सार कार्यालयमा बुझाएको प्रवक्ता सिंहले बताएका छन ।

Leave A Reply

Your email address will not be published.