सावन १९, वीरगञ्ज । कुर्मी सशक्तीकरण मंच पर्साको आज बसेको बैठक ले आउदो भदौ महिनाको २९ गते शनिवार SEE पास गरेका सम्पूर्ण स्वजातीय विधार्थी भाई बहिनी हरूलाई प्रोत्साहन स्वरूप स सम्मान गर्ने निर्णय भएको मंचका प्रवक्ता अनिल पटेल के जानकारी गराए।
सो बैठक बाट बिगत चार वर्ष देखी बंद रहेको सम्मान कार्यक्रम यो वर्ष देखी पुन्ह लागू गरीएको मंच का इंचार्ज धर्मेंद्र पटेल ले बताए।
सो बैठक मा बोलदै मंचका अधयक्ष दीपक पटेल ले २०८०सालमा पर्सा जिल्लाबाट स्वजातीय छात्रा आंचल कुमारी पटेल ले जिल्ला टाप गरी कुर्मी समुदायको गौरव बढ़ाएको हुदा बधाई तथा धन्यवाद दीदै SEE पास भएका सम्पूर्ण स्वजातिय विधार्थीहरुलाई आ आफनो सटिफिकेट को प्रतिलिपि भदौ २० गते सम्म मंचमा संपर्क गरी बुझाउनको लागी अनुरोध गरे।
सो बैठक बाट कार्यकर्म को प्रचार प्रसार लगायत कार्यकर्मलाई सहज र सफल बनाउनको लागी हरेक सदस्य लाई फरक फरक जिम्मा दिईएको मंचका कोषाध्यक्ष राजेश पटेल ले बताए।
कुर्मी सशक्तीकरण मंच पर्साको अधयक्ष दीपक पटेलको अध्यक्षता तथा मंच का इंचार्ज धर्मेन्द्र पटेल को विशेस उपस्थितिमा बसेको बैठकमा मंचका पूर्व अध्यक्ष संजय पटेल,बिशेसवर पटेल,वरिष्ठ उपाध्यक्ष खेमराज कुर्मी,बिनोद पटेल, उपाध्यक्ष पन्नालाल प्रसाद कुर्मी,सचिव देवप्रकाश पटेल,कोषाध्यक्ष राजेश प्रसाद कुर्मी, स कोषाध्यक्ष हरेन्द्र पटेल, प्रबकता अनिल पटेल,सदस्य नरेश पटेल,दिलीप पटेल,कन्हैया पटेल, रामप्रसाद कुर्मी,गोबिंद प्रसाद कुर्मी,राजेश पटेल,रंजित पटेल,संतोष पटेल लगायतको सहभागिता रहेको सचिव देव प्रकाश पटेल ले जानकारी गराए।