पूर्वराजा शाहलाई भुटानमा विशेष स्वागत

139

पूर्वराजा ज्ञानेन्द्र शाह परिवारसहित आज भुटानको राजधानी थिम्पु पुगेका छन् । बिहीबार बिहान ड्रुक एयरलाइन्सको विमानबाट थिम्पु प्रस्थान गरेका उनलाई पारो विमानस्थलमा विशेष स्वागत गरिएको छ ।
विमानस्थलमा पूर्वराजा र उनको परिवारलाई ‘रेड कार्पेट’सहित स्वागत गरिएको हो । भुटानी राजपरिवारको निमन्त्रणामा उनी भुटान भ्रमणमा पुगेका हुन् । शाहका साथमा छोरी प्रेरणा र भतिजी सिताष्मा पनि छन्। पूर्वरानी कोमल शाह र पूर्वयुराज्ञी हिमानी शाह भने यो भ्रमणमा सहभागी छैनन् । पूर्वराजा शाह आगामी आईतवार स्वदेश फर्किने तालिका रहेको छ।

हिमाली मुलुक भुटान र नेपालमा लामो समय राजतन्त्र थियो । नेपालको राजतन्त्रलाई २०६५ मा गणतन्त्र घोषणासहित बिदा गरिएको थियो । भुटानमा भने अझै राजतन्त्र छ ।

Leave A Reply

Your email address will not be published.