जेलमा बस्नुपर्ने डरले सता परिवर्तन गरियो : अध्यक्ष थापा

69

२७ कार्तिक वीरगंज

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा नेपालका अध्यक्ष कमल थापाले जेलमा बस्नुपर्ने डरले रातारात सत्ता परिवर्तन गर्दै सिंहदरबारमा आसीन भएका नेताहरूको कारण देशलाई संकटमा फस्न बाध्य बनाइएको आरोप लगाएका छन्। वीरगञ्जमा आयोजित तराई–मधेस राष्ट्रिय सम्मेलनमा सहभागी भएका थापाले आज टिब्रोवाल धर्मशालामा आयोजित पत्रकार सम्मेलनमा देशको पछिल्लो अवस्थाबारे कटाक्ष गर्दै केही नेताहरूले देशलाई भ्रष्टाचारमा डुबाएको बताए ।

उनले संघीय प्रणाली र धर्मनिरपेक्षताको नाममा अर्बौं रुपैयाँको लुट मच्चाएको आरोप लगाउँदै भने, देशलाई संघीयता र धर्मनिरपेक्षता लागू गर्ने दलका नेताहरूले ठगी गरेका छन्, तर आम जनता अझै गरिबीमा छन्।अध्यक्ष थापाले राजतन्त्रको अन्त्य गरेर गरिबी निवारण र आर्थिक समृद्धिको नारा दिएका नेताहरू गणतन्त्रको नाममा लुटमा व्यस्त भएको र देशका हजारौं युवा रोजगारीका लागि विदेश जान बाध्य भएकोमा दुख व्यक्त गरे।हाम्रा जनशक्ति विदेशमा अरूको विकास गरिरहेका छन्, यहाँको विकास कसरी हुन्छरुू उनले प्रश्न गरे।

उनले मिटरब्याजी र सहकारी पीडितहरू सडकमा संघर्ष गरिरहेका बेला नेताहरू सिंहदरबारमा मात्र योजना बनाइरहेको आरोप लगाउँदै सत्ता सन्तुलनको लागि कांग्रेस र एमालेबीचको गठबन्धनले देशमा भ्रष्टाचार बढाएको बताए। उनले भने,संसारमा नभएको भ्रष्टाचार नेपालमा हुने गरेको छ।

भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेताहरूको संसद्मा सभ्य भाषण सुनेर आफुलाई आश्चर्य लागेको समेत थापाले बताए। साथै, पार्टी उपाध्यक्ष धीरेन्द्र झा ‘मैथिल’ले नेपालमा पनि भ्रष्टाचार विरुद्ध बङ्गलादेश जस्तै जन आन्दोलन आवश्यक रहेको भन्दै जनतालाई आन्दोलनको लागि तयार हुन आह्वान गरे।

वरिष्ठ उपाध्यक्ष राजीव पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा रामनरेश यादव, दीपेन्द्रबहादुर सिंह, शम्भु चौरसिया लगायतका नेताहरू थिए। दुई दिनसम्म चल्ने उक्त सम्मेलनमा तराई–मधेसका २२ जिल्लाका नेता तथा कार्यकर्ताहरू सहभागी छन्।

Leave A Reply

Your email address will not be published.