प्रसौनीमा एमालेको बैठक सम्पन्न,पार्टी सुदृढीकरण र मिसन ८४ बारे छलफल
कार्तिक ३०, वीरगंज
नेकपा एमाले वीरगंज वडा नम्बर २३ को बैठक आज शुक्रबार सम्पन्न भएको छ । वडा कमिटी अध्यक्ष लालबाबु प्रसाद यादवको अध्यक्षतामा सम्पन्न बैठकले कमिटी बिस्तार,सुदृढीकरण र पुस ६ गते हुने वीरगंज महानगर कमिटीको अधिवेशनबारे वृहत छलफल गरेको थियो । । प्रसौनी बिर्ता स्थित पुरानो पञ्यात भवनमा सम्पन्न बैठकले वडामा देखिएको समस्या समाधानको लागि नियमित बैठक बस्ने, प्रशिक्षण दिने, जन वर्गिय संगठनहरुहरुको कमिटी गठन गर्ने बिषयमा छलफल गरेको थियो ।
वैठकमा वक्ताहरुले मिसन ८४लाई सफल पार्न संगठन निर्माण, पार्टी प्रवेश जस्ता कार्यलाई दतारुकताका साथ अगाडि बढाउने निर्णय गरेको छ । वक्ताहरुले वडा कमिटीमा देखिएका समस्या समाधानको लागि निरन्तर छलफल गर्ने,पुराना कम्युनिष्ट नेताहरुलाई सम्मान गर्ने कार्यलाई पनि निरन्तर रुपमा अगाडी बढाउने छलफल भएको थियो ।
संबिधान सभा सदस्य एवं नेकपा एमाले मधेश प्रदेशका उपाध्यक्ष बिचारी प्रसाद यादवको प्रमुख आतिथ्यमा सम्पन्न बैठकमा सांसद प्रभु हजरा,नेकपा एमालेका वीरगंज महानगर सचिव सुन्दर कुर्मी,वडा अध्यक्ष अवधकिसोर कुशवाहाले मन्तव्य राखेका थिए ।
बैठकमा मधेश प्रदेश कमिटीका सदस्य बासुदेव यादव, रामबाबु सिंह, रन्जु फुयाल, बुद्धिजिवि परिषदका मधेश प्रदेश अध्यक्ष शम्भु गुप्ता,लेखा समिती अध्यक्ष शिवजी गुप्ता,जिल्ला कमिटी सदस्य लक्ष्मी पराजुली,अरुण यादव,ओविसीका उपाध्यक्ष अकलेश साह लगायतको उपस्थिती थियो ।बैठकमा स्वागत मन्तव्य सचिव रेयाज अहमद अंसारीले गरेका थिए भने सहजिकरण उपसचिव राकेश साह गोंढले गरेका थिए।