जनता समाजवादी पार्टी नेपाल बारा क्षेत्र नं ४ को क्षेत्रीय कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न

164

 

मंसिर १ बारा, आनन्द पटेल
जनता समाजवादी पार्टी नेपाल बारा क्षेत्र नं ४ को क्षेत्रीय कार्यकर्ता भेटघाट कार्यक्रम शनिबार सम्पन्न भएको छ । कार्यक्रम क्षेत्र नं ४ स्थित परवानीपुर गाउँपालिका वडा नं ५ नौतन बहुअरी टोलमा सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथी जनता समाजवादी पार्टी नेपालका केन्द्रीय अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले राज्यले जहिले पनि मधेशी जनतालाई धोखा दिने र ठग्ने काम गरेको आरोप लगाए ।

उनले मधेशमा बढी कलकारखाना रहेको, बढी खाद्यान्न उत्पादन गर्ने क्षमता रहेको तथा विद्यालयको संख्या पनि बढी रहेको तर पनि यहाँको आम जनता बढी अशिक्षित , बेरोजगार, र राज्यको सेवा सुविधाबाट वञ्चित रहेको बताए ।

अध्यक्ष यादवले भने ू हामी सबै मधेसी जनता एक ढिक्का भएर मजबूत ढंगले मधेशको हक अधिकारको लागि लड़ाई लड्न तयार हुने पर्ने बताए । उनले महिला साथीहरूलाई पनि राजनीतिमा अगाडि बढ्न आग्रह गरे। साथै आफूहरु मधेशको हरेक जिल्लामा ू मन मनमा जसपा घर घरमा जसपाू अभियान चलाईरहेको बताए ।

कार्यक्रममा पार्टीका केन्द्रीय महासचिव तथा मधेश प्रदेशका पूर्व मुख्यमन्त्री महमद लालबाबु राउत गद्दीले आज जति पनि सरकारी सेवामा मधेसी कोटा लागू भएका छन् त्यो सब जनता समाजवादी पार्टी नेपालको आन्दोलनको देन् रहेको बताए । उनले अझ पनि सरकारसँग धेरै लड़ाई लड्ने बाँकी रहेको हुनाले पार्टीका नेता कार्यकर्तालाई तयार रहन आग्रह गरे।

कार्यक्रममा जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य रामबाबु प्रसाद यादव, भरत बहादुर खड्का, राम किशोर यादव, प्रकाश चौगाई, आत्माराम साह, पार्टीका मधेश प्रदेश उपाध्यक्ष सुशील यादव, अधिवक्ता रामचन्द्र सिंह, बच्चा राउत अहिर, महिला नेतृ रिता पटेल लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रम क्षेत्र नं ४ का क्षेत्रीय अध्यक्ष तथा परवानीपुर गाउँपालिका प्रत्यासी यूवा नेता सञ्जु साहको अध्यक्षतामा सम्पन्न भएको थियो । नेता सञ्जु साहले क्षेत्र नं ४ मा पार्टीलाई २०८४ को निर्चवनमा पहिलो स्थानमा ल्याउन कुनै कसरी बाँकी नराख्ने प्रतिबद्धता जनाए । उनले आफूहरु जनताको र पार्टीको हकहितमा काम गरिरहेको बताए ।

सो अवसरमा वडा नं ५ का वडा अध्यक्ष रामेश्वर साह कलवार, स्वच्छ समाज यूवा क्लवका उपाध्यक्ष उमेश साह, प्रध्यापक सरोज यादव, सन्दिप यादव, रञ्जित साह, वडा सदस्य उसा देवी राम, लगायत क्षेत्र नं ४ का नेता कार्यकर्ताहरुको भारी संख्यामा उपस्थिति रहेको थियो भने कार्यक्रमको सहजीकरण स्वच्छ समाज यूवा क्लवका महासचिव तथा अधिवक्ता त्रिलोक प्रताप सिंहले गरेका थिए ।

Leave A Reply

Your email address will not be published.