प्रकाश खण्डेलवाल मेमोरियल ट्रस्ट द्वारा रक्तदान कार्यक्रमको आयोजना, ४ महिला सहित ७० जनाले गरे रक्तदान

473

५ माघ वीरगन्ज

प्रकाश खण्डेलवाल मेमोरियल ट्रस्टले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । युनिक ट्रेड लिन्क प्रा लि आदर्शनगरको प्राङ्गणमा आज शुक्रबार आयोजित भएको सो रक्तदान कार्यक्रममा ४ महिला सहित ७० जनाले रक्तदान गर्नु भएको छ ।
सो अवसरमा रक्तदान गर्ने दिब्या मल्लिक , मन्जिता चौधरी ,खुश्बु गुप्ता,लाजना श्रेष्ठ , कन्हैया पाण्डे,उपेन्द्र गौरो,दिवाकर कुमार,उदय कुश्वाहा,सन्दिप ठाकुर,प्रभात रन्जन,रोहित पासवान,बौवालाल पटेल लगायत रक्तदाताहरुले आआफ्नो अमुल्य रक्तदान गरि मानवता लाई बलियो बनाएका थिए ।
सो रक्तदान कार्यक्रम नेपाल औषधि ब्यवसायी संघका केन्द्रिय अध्यक्ष एवं स्व.प्रदिप खण्डेलवालका दाजु बरिष्ठ समाजसेवी प्रकाश खण्डेलवालको अध्यक्षता एवं औषधि ब्यवस्था बिभाग वीरगन्जका प्रमुख किरण बज्राचार्यको प्रमुख आतिथ्यमा तथा उधोग वाणिज्य संघ मधेश प्रदेशका अध्यक्ष अशोक टेमानिको बिशिस्ट आतिथ्यमा सम्पन्न सो कार्यक्रमका अतिथिहरु औषधि व्यवस्था बिभाग वीरगन्जका सहायक प्रमुख मुकुन्द पन्जियार , पब्लिक एफ एम का कार्यक्रम संचालक एवं वीरगन्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह ,रक्तसञ्चार केन्द्र वीरगन्जका प्रमुख सौरभ पाण्डेय, ट्रस्टका अध्यक्ष पुष्पा देवि खण्डेलवाल र राहुल खण्डेलवाल ,सिमा खण्डेलवाल लगायत सन्चारकर्मीहरु, युनिक ट्रेड लिन्क प्रा लि , भास्कर फर्मास्युटिकल्स ,राहुल फर्मास्युटिकल्स, केडिया इन्टरप्राइजेज, फेयर डिल मेडिकल का प्रतिनिधि कर्मचारिहरुको बाक्लो सहभागिता रहेको थियो ।
अवसरमा प्रमुख अतिथी अध्यक्ष बज्राचार्यले रक्तदान नै जिवनदान भएकोले हामिसबैले प्रत्येक ३–३ महिनामा रक्तदान गर्नु पर्दछ । हाम्रो समाज असल बनाउन कर्पोरेट जगतले सहयोग गर्न जरुरी रहेकोमा जोड दिदै ट्रस्टले गरेको कार्यको प्रसंशा पनि गरेका थिए ।
सो अवसरमा अध्यक्ष खण्डेलवालले प्रदिप खण्डेलवाल मेमोरियल ट्रस्ट आज ६ ठो बर्षमा प्रवेश गरेको छ र हामी नियमित बार्षिक रुपले रक्तदान कार्यक्रम गर्दै आइरहेका छौ साथै समाजमा विभिन्न समयमा विभिन्न माध्यमले दिन दुखी असहायको सेवा गर्दै आइरहेका छौ जस्तै खाधान्न वितरण,लता कपडा कम्बल वितरण ,गरिब जेहेन्दार छात्रछात्राहरु लाई छात्रवृत्ति वितरण ,कन्या महिलाको सीप को लागि आवश्यक ब्यवस्थापन गरिरहेका छौ । समाजसेवाको प्रेरणा हामिलाइ हाम्रो बुवा बाजे पुर्खा बाट क्रमिक रुपमा पुस्ता दर पुस्ता पाइरहेका छौ र सेवा सहयोग गरि रहेको बताउदै कसैको जीवन बचाउनु मानवको सबै भन्दा ठूलो धर्म कर्म भएकोले सम्पुर्णलाई रक्तदान गर्न आग्रह गर्दै सम्पुर्ण रक्तदाता,सहयोगी हातहरु प्रति धन्यवाद ब्यक्त गर्नु भएको थियो ।
सो अवसरमा बिशिस्ट अतिथी टेमानिले समाजसेवा गरिरहेका खण्डेलवाल परिवार जस्तो परिवार एवं संस्थाहरुलाइ सरकारले सम्मान गर्नु पर्दछ, उहाको परिवारले कोरोनाको समयमा गरेको सेवा सहयोग अतुल्निय र अविस्मरणीय रहेको सम्झिदै रक्तदान जिवनदान भएकोले रक्तदान कार्यक्रमको आयोजनाको लागि ट्रस्टलाइ धन्यवाद दिदै मानिसको शरिरमा आवश्यकता भन्दा बढी रगत रहने र त्यो प्रत्येक ३ तीन महिनामा नष्ट भएर दिशा पिशाब पसिनाको माध्यमबाट निस्किने भएकोले रगतको अभावमा ज्यान गुमाइरहेका मानवहरुको जीवन जोगाउन सम्पुर्णलाई आग्रह गर्दै रक्तदाताहरु लाई हार्दिक धन्यवाद प्रकट गरेका थिए ।
प्रमुख अतिथी बज्राचार्यले समाजसेवी बडेलाल चौधरिलाई ब्ल्ड संकलन ब्याग दियेर रक्तदान गराइ शुभारम्भ भएको सो रक्तदान कार्यक्रममा रक्तसञ्चार केन्द्र वीरगन्जका प्रमुख पाण्डेयको टिम लाई रक्तदान गर्न सघाएका थिए ।
सो कार्यक्रममा स्वागत मन्तव्य अध्यक्ष खण्डेलवालले गर्नु भएको थियो भने सहजीकरण दिव्या मल्लिकले गरेका थिए । सो कार्यक्रममा रक्तदाताहरु लाई प्रमाणपत्र प्रदान गरि सम्मान गरिएको थियो ।

Leave A Reply

Your email address will not be published.