ठोरीमा आज अटो सेवा बन्द

42

१४ मंसिर, ठोरी ९पर्सा० । ठोरी गाउँपालिका क्षेत्रमा शुक्रबार दिनभर सम्पुर्ण अटो सेवा बन्द भएका छन्। ठोरीका एक जना अटो व्यवसायीको निधन भएकोले शोक मनाउन अटो सेवा बन्द गरिएको हो ।

बन्दका कारण ठोरीका र ठोरी बाहिरबाट ठोरी भित्रीने सम्पुर्ण अटो सेवा पुर्ण रुपले ठप्प भएका छन् ।

हिजो ९बिहिबार० ठोरी –३ , रामनगरका अटो व्यवसायी नवराज गुरुङ्को निधन भएको थियो । अटो व्यवसायी गुरुङको निधनले सिङ्गो अटो व्यवसायी स्तब्ध भएको भन्दै १ दिनका लागि अटो सेवा बन्द गरिएको ठोरी अटो यातायात समितिले जानकारी दिएको छ ।

युवा अटो व्यवसायीको निधनले सिङ्गो ठोरी गापाका अटो व्यवसायीहरुलाई मर्माहत बनाएकोले आज दिनभरका लागि सेवा बन्द गरी शोक मनाउने निर्णय गरिएको समितिका अध्यक्ष मोहन सिंजाली मगरले जानकारी दिएका छन् ।

ठोरीमा अटो व्यवसायीहरुको छाता संस्थाको रुपमा रहेको ठोरी अटो यातायात सेवाले नै बन्द आव्हान गरेकाले आज दिनभर अटो बन्द हुने व्यवसायी प्रेम श्रेष्ठले बताए । ठोरीमा ४० भन्दा धेरै अटो यातायात सेवा सन्चालनमा छन् ।

Leave A Reply

Your email address will not be published.