एनपीएलमा लुम्बिनी लायन्सको पहिलो जीत

25
वीरगञ्ज ।  नेपाल प्रिमियर लिग ९एनपीएल० क्रिकेटमा लुम्बिनी लायन्सले ऐतिहासिक प्रदर्शन गर्दै पहिलो जीत हासिल गरेको छ । मङ्गलवार बिहान सम्पन्न खेलमा लुम्बिनीले चितवन राइनोजलाई पराजित गर्‍यो ।
लुम्बिनीको जीतका नायक कप्तान रोहित पौडेल रहे । उनले ब्याटिङ र बलिङमा उत्कृष्ट प्रदर्शन गर्दै टिमलाई जितसम्म पुर्‍याए । उनले ब्याटिङमा ८० रनको योगदान दिँदै बलिङतर्फ चार महत्त्वपूर्ण विकेट लिए ।
टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १६७ रन बनायो । कप्तान पौडेल र साद बिन जाफरले ४९ रनमा चार विकेट गुमाएर सङ्कटमा परेको टिमलाई सतकीय साझेदारी मार्फत बलियो स्थितिमा पुर्‍याए ।
रोहित पौडेलले ५७ बलमा ६ चौका र ५ छक्कासहित ८० रन बनाए भने जाफरले ३५ बलमा ५२ रनको योगदान दिँदै चार चौका र एक छक्का प्रहार गरे । अन्य ब्याटरमध्ये अर्जुन साउदले १५, टम मुर्सले १० रन बनाए भने सन्दीप जोरा ४ रनमा अविजित रहे ।
चितवनका बलरमध्ये रिजन ढकालले तीन विकेट हात पारे भने कप्तान कुशल मल्ल र रञ्जितकुमारले एकरएक विकेट लिए ।
यसअघिका चार खेलमा तीन जीत निकाल्दै चितवन राम्रो लयमा रहेको चितवनले पहिलो खेलमा काठमाडौँ गुर्खाजलाई ५ विकेटले, दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई ८७ रनले र चौथो खेलमा सुदूरपश्चिम रोयल्सलाई ३३ रनले पराजित गरेको थियो । तेस्रो खेलमा भने कर्णाली याक्ससँग ६ विकेटले पराजित भएको थियो ।
लुम्बिनीले यसअघिका सबै चार खेलमा हार बेहोरेको थियो । विराटनगर किङ्ससँग २ विकेट, पोखरा एभेन्जर्ससँग १० विकेट, सुदूरपश्चिम रोयल्ससँग ४५ रन, र जनकपुर बोल्ट्ससँग १ रनले पराजित हुँदै लुम्बिनी लिगको पुछारमा रहेको थियो ।
तर, कप्तान रोहित पौडेलको नेतृत्वमा मङ्गलवारको खेलले लुम्बिनीलाई जितको स्वाद दिलाएको छ । अब लुम्बिनीले बाँकी खेलहरूमा यही आत्मविश्वासका साथ उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा गरिएको छ ।

Leave A Reply

Your email address will not be published.