चैनपुर प्रीमियर लीग सीजन २ को अक्सन सम्पन्न
मंसिर ३० परवानीपुर , आनन्द पटेल
चैनपुर प्रीमियर लीग सीजन २ कालागी खेलाडीहरूको लिलामी ९अक्सन० कार्यक्रम सम्पन्न भएको छ । पहिलो सीजन सफलतापूर्वक बिताएको चौनपुरले यस पाली पनि भव्य रूपमा क्रिकेट प्रतियोगिता गराउन लागेको छ। चैनपुर सीजन २ कोलागि खेलाडी विशाल पटेलको अध्यक्षतामा खेलाडीहरूको निलामी सम्पन्न भएको हो । सीजन २ मा पनि ६ वटा सहभागीता रहने अध्यक्ष पटेलले जानकारी दिए । ६ वटा सहभागीता टीमहरुमा
चैनपुर क्यापिटल टिमका मालिक रोशन पटेल ,बिर्ता राइडर्स टिमका मालिक सुनिल पटेल, चैनपुर इगल टिमका मालिक भुलन साह, रोयल चलान्जर चैनपुरका टिम मालिक जाहिर हुसेन,
शिवपुर टाइगर्सका टिम मालिक श्रवण यादव, रामटोल वारियर टिम मालिक जयराम राम रहेको छ ।
सिजन २ को लागि लिलामीमा ११० जना खेलाडीहरुले आफ्नो नाम दर्ता गराएका थिए। खेलाडीहरूको लिलामी कार्यक्रमका प्रमुख अतिथि परवानीपुर गाउँपालिका अध्यक्ष रामक्षत्री प्रसाद कुर्मीले छनौट भएका खेलाडीहरूलाई शुभकामना दिँदै प्रतियोगिताको सफलताको लागि कामना गरेका थिए ।
साथै उनले खेलाडीहरूको विकासको लागि गाउँपालिकाबाट सहयोग गरिने बताए। कार्यक्रममा विशिष्ट अतिथि वडा नं ४ का वडा अध्यक्ष गम्भीरा राउत अतिथिहरु राजदेव पटेल,जगदीश साह,प्रेम पटेल,हेरिटेज स्कूलका प्रिन्सिपल मगेश्ववर यादव, सञ्चारकर्मी आनन्द पटेल लगायत खेल प्रेमीहरुको उपस्थिति थियो। लिलामी कार्यक्रमको बयवस्थापन सागर प्रसाद पटेलले गरेका थिए ।
सीजन २ मा लिलामीबाट सब भन्दा महंगो खेलाडी सुशील पटेल भएका हुन् । उनलाई चैनपुर क्यापिटलले आफ्नो टिममा समावेश गराएको छ ।