जन्मदिनको अवसरमा बहिरा बिधार्थीहरुका लागि एकछाक खानाको ब्यवस्था

616

माघ,२२ आनन्द पटेल 

छोराको जन्मदिनको अवसरमा वीरगंजको बहिरा विधालयमा अध्ययनरत विधार्थीहरुलाई एक छाक खाना खुवाईएको छ ।

बाराको परवानिपुर गाउँपालिका वडा नं ५ बहुअरी निवासी विन्देश्वर पटेलका छोरा चार वर्षिय विशु पटेलको जन्मदिन यसपाली वीरगंज महानगरपालिका वडा नं १३ स्थित राधेमाई टोलमा रहेको बहिरा विधालयमा अध्ययन गरिरहेको २५ जना विधार्थीहरुलाई एक छाक खाना खुवाएर मनाईएको हो ।

विधालयमा अध्ययन गरिरहेका २५ जना विधार्थीहरुलाई एक छाक खानाको ब्यवस्था बहुअरी निवासी विन्देश्वर पटेलले गरेको विधालयकी अर्चना कर्णले जानकारी दिईन । उनी भन्छिन “ जन्मदिन मनाउनु अगाडी विशु पटेलका बुवा विन्देश्वर पटेल विधालयमा आएर आफ्ना कुरा हामीलाई राख्नुभयो । वहाको कुराले विधालयका समपूर्ण सर, मिसहरु एकदमै खुःसी भए । वहाको यो सामाजीक सदभावले विधार्थीहरुमा एक किसिमको खुःसी छाएको उनले भनिन ।” बेलाबखतमा विभिन्न सामाजीक ब्यतिmत्वहरु यस विधालयमा आएर मदत सहयोग गरिराख्नु हुन्छ यसबाट हामीलाई पनि विधालय चलाउनमा सहज भएको अर्चनाले बताईन ।

विशुका बुवा विन्देश्वर पटेलले छोराको जन्मदिन यस विधालयमा मनाउन पाउँदा आफु र आफ्नो परिवार धेरै खुसी भएको बताए । उनि भन्छन“ धेरै दिनदेखी मेरो मनमा एउटा सोच थियो कि छोराको जन्म दिनमा कुनै सामाजीक कार्य गरौ । ठीक त्यही समयमा एकजना मेरा साथीले बहिरा बिधालयको बारेमा सुनाउनुभयो । उनको कुरा मलाई एकदमै राम्रो लाग्यो र उनको सुझाव अनुसार नै हामी परिवारका सबै सदस्यहरु विधालयमा पुगी छोराको जन्मदिन बहिरा बिधार्थीहरुलाई खाना खुवाएर केक पनि काटयौ ।” विधार्थीहरुसंग आज हामी घुलमिल हुन पायौ । बोल्न नसक्ने भाईबहिनीहरु आज यस विधालयमा आएर शिक्षा आर्जन गरिरहेका छन । म स्थानीय सरकार र यसमा बढाउने शिक्षक, शिक्षिकाज्यूहरुलाई पनि धन्यवाद दिन चाहन्छु । यसरी हामी आउने दिनमा पनि छोराको जन्मदिन फरक ढङले सामाजीक कार्य गरेर मनाउने विन्देश्वर पटेलले बताए । विन्देश्वर पटेलका छोरा विशु गौतम माविमा अध्ययन गरिरहेको छन । सो अवसरमा बहुअरी टोलका सामाजीक बयतिmत्व सन्नी साह, संदिप पटेल, शुसिल पटेल, विशुका चाचा सागर पटेल, विधालयका प्रधानाध्यापक सगुन श्रेष्ठ, शिक्षक, शिक्षिका लगायत विधार्थीहरुको उपस्थिति रहेको थियो ।

Leave A Reply

Your email address will not be published.