दक्षिण अफ्रिकालाई हराउँदै भारत यू–१९ विश्वकपको फाइनलमा प्रवेश

466

काठमाडौं,२३ माघ

स्आईसीसी यू–१९ विश्वकप क्रिकेटको पहिलो सेमिफाइनल खेलमा घरेलु टोली दक्षिण अफ्रिकालाई २ विकेटले हराउँदै भारत फाइनलमा प्रवेश गरेको छ ।

मंगलबार बेलुकी भएको खेलमा जितको लागि पाएको २४५ रनको लक्ष्य भारतले ४८।५ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्दै फाइनलमा स्थान पक्का गरेको हो । भारतको जितमा सचिन दासले ९५ बलमा ११ चौका र १ छक्का सहित सर्वाधिक ९६ रन बनाए । उदय सहारानले १२४ बलमा ६ चौकासहित ८१ रनको योगदान दिए ।

बलिङ तर्फ दक्षिण अफ्रिकाका क्वेना मफाकाले १० ओभरमा ३२ रन खर्चेर ३ विकेट लिए । ट्रिस्टन लुसले १० ओभरमा १ मेडन सहित ३७ रन खर्चेर ३ विकेट लिए ।

त्यस अघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले ५० ओभरमा ७ विकेट गुमाउँदै २४४ रन बनाएको थियो । दक्षिण अफ्रिकाका ओपनर लुआन ड्रे प्रिटोरियसले १०२ बलमा ६ चौका र ३ चौका सहित ७६ रन बनाएका थिए । रिचर्ड सेलेट्सवेनले १०० बलमा ४ चौका र २ छक्का सहित ६४ रन बनाए ।

भारतका तीव्र गतिका बलर राज लिम्बानीले ९ ओभरमा ६० रन खर्चेर ३ विकेट लिए । मुसिर खानले दुई, नमान तिवारी र सौम्य पाण्डेले १–१ विकेट लिए ।

दोस्रो सेमिफाइनलमा अष्ट्रेलिया र पाकिस्तानबीच बिहीबार प्रतिस्पर्धा हुनेछ । जसको विजेताले फाइनलमा भारतसँग आइतबार खेल्ने छ ।

Leave A Reply

Your email address will not be published.