सशस्त्र प्रहरी बल नेपाल १३ नं.गण पर्साद्वारा १८ औं स्थापना दिवस सम्पन्न

20

 

बैशाख ७, बिरगंज

सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्साले आफ्नो १८ औं स्थापना दिवस भव्यता पूर्वक सम्पन्न गरेको छ। “शान्ति, सुरक्षा र प्रतिबद्धताको” मूल नारा लिएर स्थापित यस गणले आफ्नो स्थापनाको १८ वर्ष पूरा गरेको अवसरमा विशेष कार्यक्रमको आयोजना गरेर सम्पन्न गरेको हो।

आईतबारको दिन एक कार्यक्रमको आयोजना गरि गणको कभर्ड हलमा आयोजित समारोहमा सशस्त्र प्रहरी बल नेपाल, नम्बर २ छिन्नमस्ता बाहिनी मधेस प्रदेशका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक कालिदास धौवजी प्रमुख अतिथि थिए। उनले आफ्नो शुभकामना मन्तव्यमा सशस्त्र प्रहरी बलले देश र राष्ट्रको सुरक्षामा पुर्‍याएको योगदानको उच्च प्रशंसा गरे। सीमा क्षेत्रमा हुने अवैध चोरी, तस्करी नियन्त्रण तथा विपद् जोखिममा उद्धार र राहत वितरणमा सशस्त्र प्रहरीले सक्रिय भूमिका निर्वाह गरेको उनले उल्लेख गरे।

पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले पनि कार्यक्रममा शुभकामना व्यक्त गरे। उनले शान्ति सुरक्षा, सीमा सुरक्षा, अपराध नियन्त्रण र सीमा सुरक्षामा सशस्त्र प्रहरीले निर्वाह गरेको विशेष भूमिकाको प्रशंसा गरे। पर्सामा १८ वर्षको स्थापनाकाल पूरा गरेकोमा उनले गणलाई बधाई ज्ञापन गरे।

सशस्त्र प्रहरी बल नेपाल, नम्बर १३ गण हेडक्वार्टर पर्साका गणपति सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमालले स्वागत मन्तव्य व्यक्त गर्दै गणले १८ वर्षको अवधिमा हासिल गरेका कार्यप्रगति र उपलब्धिहरू बारे जानकारी गराए।ß

स्थापना दिवसको अवसरमा अमर सशस्त्र प्रहरीका परिवार, विभिन्न खेलकुद प्रतियोगितामा उत्कृष्ट भएका खेलाडीहरू र सहयोगी दाताहरूलाई,समाजसेवीहरु लाई कदरपत्रसहित सम्मान गरिएको थियो। सूचना अधिकारी एवं सशस्त्र प्रहरी नायव उपरीक्षक देवेन्द्र सिंहले दिएको जानकारी अनुसार कार्यक्रममा सशस्त्र प्रहरी कर्मचारीहरूले विभिन्न राष्ट्रभक्ति गीतसहितको सांगीतिक प्रस्तुति दिएर उपस्थित अतिथिहरूलाई मनोरञ्जन प्रदान गरेका थिए। उक्त कार्यक्रममा समाजसेवी एवं विभिन्न मिडिया बाट पाल्नु भएका सन्चारकर्मीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।

Leave A Reply

Your email address will not be published.