वीरगञ्ज-३१ सोलखपुरमा ३५ दिने कम्प्युटर तालिम सम्पन्न

20

वैशाख २१,वीरगञ्ज : वीरगञ्ज महानगरपालिका वडा नम्बर ३१ सोलखपुरमा ३५ दिने कम्प्युटर तालिम सम्पन्न भएको छ। वडा कार्यालय र श्री नेपाल राष्ट्रिय उच्च माध्यमिक विद्यालय सोलखपुरको संयुक्त आयोजनामा उक्त कम्प्युटर तालिम सम्पन्न भएको हो ।

वडा कार्यालयको आर्थिक सहयोगमा कक्षा ११ र १२ का ३५ जना छात्रछात्रालाई प्रदान गरिएको तालिम वडाअध्यक्ष जितेन्द्र प्रसाद यादवको प्रमुख आतिथ्यमा सम्पन्न भयो।

समापन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले प्राविधिक तालिम युवालाई आत्मनिर्भर र दक्ष बनाउने महत्वपूर्ण माध्यम भएको बताए । आगामी दिनमा कम्प्युटर ल्याब स्थापना र अन्य तालिमका लागि निरन्तर सहयोग गर्ने उनले प्रतिबद्धता जनाए । उनले कम्प्युटर तालिम आजको युगको आवश्यकता भएको बताउँदै, यसले विद्यार्थीको व्यक्तिगत तथा व्यवसायिक जीवनमा सकारात्मक प्रभाव पार्ने बताए ।

विद्यालयका प्रधानाध्यापक राजु मालीले तालिमबाट प्राप्त सीपलाई व्यवहारिक जीवनमा उपयोग गर्न विद्यार्थीहरूलाई प्रेरित गरे। साथै, विद्यालयमा अनिवार्य कम्प्युटर विषय राखी स्थायी ल्याब स्थापना गर्न वडाअध्यक्ष यादवलाई आग्रहसमेत गरे।

तालिममा मधेश स्किल तालिम इन्स्टिच्युटका प्रशिक्षक धीरज शाह र सन्तोष चौधरीले प्रशिक्षण दिएका थिए।

कार्यक्रममा वडा सदस्य वीरेन्द्र राय थारु, अमरुल हसन, मुरमती पासवान, समाजसेवी बालेश्वर गौरव, शिक्षक सुजन ढुंगेल, अभिभावक संघका अध्यक्ष शेष फैयाज, रामाकान्त चौधरी लगायतको उपस्थिति थियो ।

समापनमा सहभागी सबै छात्रछात्रालाई प्रमाणपत्र वितरण गरिएको थियो । तालिमले विद्यार्थीहरूलाई आधुनिक प्रविधिमा सशक्त बनाउने दिशामा महत्वपूर्ण योगदान पुर्‍याएको आयोजकहरूले जनाएका छन् ।

Leave A Reply

Your email address will not be published.