मधेश प्रदेशमा भोली सार्वजनिक विदा

66

वीरगञ्ज( मधेश प्रदेश सरकारले सार्वजनिक विदा थप गर्ने निर्णय गरेको छ । प्रदेश सरकारले गत चैत २२ गते आफ्नो राजपत्रमा प्रकाशित विदामा थप गरेको हो।

गृह, सञ्चार तथा कानुन मन्त्रालयका उपसचिव गणेश नायकद्वारा यही वैशाख २१ गते जारी सूचनाका अनुसार यही वैशाख २३ गते मंगलबार जानकी नवमी ९सीता जयन्ती० र आगामी जेठ २८ गते बुधवार कविर दास जयन्तीका दिन प्रदेशमा विदा दिने निर्णय भएको उल्लेख गरिएको छ ।

Leave A Reply

Your email address will not be published.