मधेशका नेताहरुमाथि राज्यले अन्याय गर्‍यो : अध्यक्ष ठाकुर

26

काठमाडौं– लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले तराई(मधेशका नेताहरूमाथि राज्यले अन्याय गरेको भन्दै आपत्ति जनाएका छन् ।

सोमबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै ठाकुरले थारु–मधेशी जनजातिलाई राज्यबाट निरन्तर अन्याय भइरहेको भन्दै आपत्ति जनाए । उनले आफूहरूमाथि निरन्तर अन्याय हुँदा पनि राज्यले त्यसलाई नसुनेको भन्दै अव सुनाउने ठाउँ नरहेको बताए ।

ठाकुरले आफुहरुमाथि सार्वजनिक रूपमा भएको दुर्व्यवहारका घटना अव सांसदमार्फत नागरिकलाई सुनाउने जिकिर गरे ।

उनले रेशम चौधरीलाई फर्जी पत्रका आधारमा विनाकारण पक्राउ गरी ५ घण्टासम्म जेलमा राखेर दुर्व्यवहार गरिएको धारणा राखे ।

ठाकुरले राज्यले विजेताको रूपमा आफूलाई प्रस्तुत गरेको र विजेता नै न्यायको कुर्सीमा बसेका कारण आफूहरूले न्याय पाउन नसकेको गुनासो गरे ।

Leave A Reply

Your email address will not be published.