पर्साको जगरनाथ पुरमा कांग्रेस, एमाले र जसपाका सयौं नेता–कार्यकर्ता जनमत पार्टीमा प्रवेश
पर्सा , पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिकामा आयोजित एक भव्य पार्टी प्रवेश तथा जनसभा कार्यक्रममा नेपाली कांग्रेस, नेकपा एमाले, जसपा लगायत विभिन्न दल परित्याग गर्दै सयौं नेता–कार्यकर्ताहरू जनमत पार्टीमा प्रवेश गरेका छन्।
शनिबार जगरनाथपुर गाउँपालिका–५ मा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका शिवजी पटेल, राधेश्याम पटेल, भोला पटेल, ध्रुव गद्दी, नेकपा एमालेका ध्रुव राउत गद्दी, नइम राउत गद्दी, हिरालाल महरा तथा जसपाका सयौं कार्यकर्ताहरू जनमत पार्टीमा प्रवेश गरेका हुन्।
जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा। सीके राउतले नवप्रवेशीहरूलाई गम्छा, फूलमाला र अबिर लगाएर स्वागत गरेका थिए। कार्यक्रममा बोल्दै डा। राउतले सत्तारूढ दलहरू संघीय गणतन्त्रलाई समाप्त पार्न सक्रिय रहेको आरोप लगाए। उनले मधेशका युवाहरू संघीयताकै कारण सरकारी सेवा, प्रहरी, सेना लगायत क्षेत्रमा प्रवेश गर्न सफल भएको भन्दै अब शोसक वर्गले संघीयता विरुद्ध षड्यन्त्र गरिरहेको दाबी गरे।
उक्त कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह, संगठन विभाग प्रमुख डा। जयकान्त राउत, पर्सा जिल्ला अध्यक्ष ओमप्रकाश सर्राफ, जिल्ला इन्चार्ज एवं कार्यकारिणी सदस्य माधवप्रसाद सिंह, नेताहरु सिपु तिवारी ,डा।अजय यादव ,रम्भा मिश्रा,अधिवक्ता हरिहार साह,श्याम गुप्ता,सिमा गुप्ता, अनिता रौनियार ,विनय यादव, नजमा खातुन, जीवन त्यागी,उदय यादव ,संजय सिह ,नरेश राम,राजुराज गिरि, लगायतका नेता–कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति थियो।
कार्यक्रममा जनमत पार्टीले स्थानीय तहका प्रत्येक वडामा संगठन विस्तार र मजबूतीकरणको लागि रणनीति बनाएको जनाइएको छ।