लिटिल एन्जल्स स्कूलको आयोजनामा कक्षाकोठा सजावट प्रतियोगिता सम्पन्न, कक्षा ९ उत्कृष्ट

84

वीरगञ्ज — लिटिल एञ्जल्स स्कूलमा कक्षा कोठा सजावट प्रतियोगिता मंगलबार सम्पन्न भएको छ । सकारात्मक र आकर्षक सिकाइको वातावरण सृजना गर्ने उद्देश्यले सो प्रतियोगिता सम्पन्न भएको हो ।

विद्यार्थीहरूको सिर्जनशीलता, टीम वर्क र सौन्दर्य चेतनालाई प्रोत्साहन गर्ने उद्देश्यसहित गरिएको उक्त प्रतियोगिताले विद्यालयको वातावरणलाई थप जीवन्त र प्रेरणादायी बनाएको छ।

सुन्दर र रमणीय रूपमा सजाइएको कक्षा कोठाले विद्यार्थीहरूको मनोबल र अध्ययनमा सकारात्मक प्रभाव पार्ने विश्वासका साथ प्रतियोगिता आयोजना गरिएको हो।

उक्त कार्यक्रममा प्रमुख अतिथिका पाब्सन मधेश प्रदेशका उपाध्यक्ष पुरण प्रधान र पाब्सन वीरगञ्जका अध्यक्ष श्री राहुल श्रीवास्तवको विशेष उपस्थिति रहेको थियो। उहाँहरूले विद्यार्थीहरूको सिर्जनात्मक कार्यको मुल्यांकन गर्दै विद्यालय परिवारलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो भएको थियो ।

प्रतियोगितामा प्रथम स्थान कक्षा ९ ले हासिल गरेको छ भने द्वितीय स्थान कक्षा ७ र तृतीय स्थान कक्षा ६ ले प्राप्त गरेको छन्। विजयी हुने विद्यार्थीहरुलाई प्रमाणपत्र र पुरस्कार प्रदान गरिएको थियो ।

लिटिल एञ्जल्स परिवारले विद्यार्थीहरूको प्रतिभा उजागर गर्न यस्ता कार्यक्रम निरन्तर रूपमा आयोजना गर्दै जाने बताएकी छ ।

Leave A Reply

Your email address will not be published.